परेवा चोर्न जाँदा ज्यान गयो
![]() |
कैलाली (अत्तरिया), असोज २- छिमेकीको घरमा परेवा चोर्न जाँदा एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा कैलालीको धनगढी नगरपालिका-१ वसन्तटोल मुक्तकमैया शिविरका उमेश चौधरी हुन्। छिमेकी दुर्गाबहादुर कार्कीको घरमाथि रहेको परेवा समात्न जाँदा खसेर चौधरीको मृत्युभएको प्रत्यक्षदर्शीले बताएका छन्।
कार्कीको घरमा मानिस आएको थाहा पाएपछि होहल्ला गर्दा चौधरी छतबाट खसेका थिए। घाइते चौधरीलाई तत्कालै उपचारका लागि सेती अञ्चल अस्पताल पुर्याइए पनि उपचारका क्रममा उनको मृत्यु भएको हो। रासस
![]() |