फेरिए तीजका गीत
![]() |
कमलकुमार बस्नेत-
पोहोरको तीजमा शिवजी पुज्यौ मन्दिरमा गएर
अहिलेको तीजमा घुमाउँछु सानु पोखरा लएर
जाम भने जान्छौर माया पोखरा फेवाताल घुम्नलाई
अहिलेको तीजमा घुमाउँछु सानु पोखरा लएर
जाम भने जान्छौर माया पोखरा फेवाताल घुम्नलाई
गायक पशुपति शर्मा र कोपिला गौतमले गाएको यसपालीको तीज गीतको शब्द हो यो। आफूले मन पराएकी युवतीलाई तीजमा पोखरा फेवाताल घुमाउने योजना गीतमा बुनिएको छ। गीतमा माया प्रेम र युवाका चाहनालाई समेट्ने प्रयास गरिएको छ।
पहिले सासु, ससुरा, पति, देवर, सामाजले दिएका दुःख वेदना र पीडालाई तीजको गीतमार्फत बाहिर ल्याउने गरिन्थ्यो। तर, हिजोआज तीज गीतका शब्द तथा विषयवस्तु फेरिएको छ।
परम्परागत तीजको गीत- वर्ष भरी चेलीले पाएका दुःखलाई माइती गएर पीडा पोख्ने गतिलो माध्यमको रुपमा लिइन्थ्यो। तर, अहिलेका गीतमा यस्ता विषयवस्तुले स्थान पाउन छोडेका छन्। दुःख बेदनाको साटो सामाजिक कुरिती, माया प्रेमका कुरा, संविधान नबनेका कुरा, राजनीतिका कुराले स्थान पाउन थालेका छन्।
यसले सामाजमा शिक्षाको चेतना सुधारिएको संकेतको रुपमा लिन्छिन, मोडेल तथा नायिका रञ्जिता गुरुङ। 'पहिलेका गीतमा पढ्न नपाएका कुरा, बुहारी भएकैले दुःख पाएका कुरा गीतमार्फत बोलिन्थ्यो, तर अहिले यी सबै कुराहरु पुराना भएका छन' उनी भन्छिन्।
दर्शकहरूले पनि अहिले परम्परागत गीतको साटो परिवर्तित गीतलाई नै बढी मन पराएका छन्। बजारमा 'तमाखु खानेसित बिहे गर्दिन आमा, मन पर्ने आफैले छानेकी छु', 'बाजी ठोकम आउन मैया बाजी ठोकम आउ', 'अर्को साल त स्वामी भनिन्छ', 'पोहोरको जामा छोटो भो आमा' 'झ्याम पुतली झ्याम'लगायतका गीत दर्शकमा प्रिय भएका छन्।

गत वर्ष संविधान नबनेका कुरा, राजनीतिलाई व्यंग गरेको विषयले राम्रै स्थान पाएका थिए। यसपालीको तीजमा बैशालु जवानी, माया-प्रेम, बिहेका विषयवस्तुले स्थान पाएका छन्। गायिका देवी धर्तीमगरले पनि चढ्दै गरेको जवानीलाई तीजका गीतमार्फत यसरी प्रस्तुत गरेकी छन् -
जवानी चढ्दै गएर हो कि, आजकल त मै नि भइछु अग्ली
गाउँलेले विग्री भनेनि भन्लान, यसपाली नाच्छु ढल्की ढल्की
भुरुरु पुतली उड्यो, बारीमा गौथली करायो
जवानी चढेर होकी आजकल त भोक तिर्खा हरायो
गाउँलेले विग्री भनेनि भन्लान, यसपाली नाच्छु ढल्की ढल्की
भुरुरु पुतली उड्यो, बारीमा गौथली करायो
जवानी चढेर होकी आजकल त भोक तिर्खा हरायो
चर्चित लोकगायक पुरुषोत्तम न्यौपाने गीतका विषयवस्तुमा आएको परिवर्तनलाई गलत प्रयोगको संज्ञा दिन्छन्। भन्छन् 'चेलीले पाएका दुःख बेदना, पीडाका गीतका मुख्य विषयवस्तु हुन। तर, अहिलेका गीतमा यी सवै हराएका छन्। पहिलेका गीत सुन्ने वित्तिकै तीज आएको रौनक दिन्थ्यो।'
न्यौपानै जस्तै लोकगायिका हरिदेवी कोइराला बदलिएको तीजको गीतलाई विकृति भएको बताउँछिन्। गीतमा तीजको प्रभाव कम छ। महिला पुरुष दुवैले गाउँछन। तीजको भावना भन्दा परका गीत बढी गाउन थालिएका छन्। 'तीजको गीत कुन हो भनेर छुट्टाउन नसकिने अवस्था आइसकेको छ', उनी भन्छिन्।
विगतका वर्षमा झै गायिका कोमल वलीको चर्चा यसपाली पनि उत्तिकै छ। जहिले पनि तीजमा फरक गीत गाएर चर्चामा आउने उनले यसपाली पतिदेवका लागि बोलको गीत बजारमा ल्याएकी छन्। 'पोइल जान पाम शिव पोइल जान पाम, पोइ पाइयोस भनेर जप्छु तिम्रै नाम' बोलको गीतले केही वर्षअघि तहल्का मच्चाएकी वलीले यसपाली गजलको शैलीमा लेखिएको गीत बजारमा ल्याएकी छिन्-

हामी मनाउँछौ यो तीज पतिदेवका लागि
चढाउँदै हर चिज, पतिदेवका लागि
यो ज्यान उसकै लागि यो ध्यान उसकै लागि
हुन्न केही तकलिफ पतिदेवका लागि
चढाउँदै हर चिज, पतिदेवका लागि
यो ज्यान उसकै लागि यो ध्यान उसकै लागि
हुन्न केही तकलिफ पतिदेवका लागि
पछिल्ला केही वर्षयता तीज गीतको शब्दका साथै संरचनामा पनि परिवर्तन आएको पाउन सकिन्छ। पहिले गीत महिलाहरुले मात्रै गाउँथे। वर्षभरीका खुसी, पीडा, बेदना एकोहोरो गीतमार्फत भन्थे। तर, अहिले गीतमा पुरुषको स्वरलाई समावेश गरिन थालिएको छ। तीज गीतलाई दोहोरी गीत जस्तै गरी गाइन थालिएको छ। गीतलाई भिडियोमा पनि उतार्न थालिएको छ। गीत अडियोभन्दा बढी भिडियोका दर्शक बढेकाले गीत चलाउनका लागि भिडियो अत्यावश्यक भइसकेको छ।
अहिलेका भिडियोमा गत वर्ष जस्तै शंकर बीसी, सम्झना बुढाथोकी, पार्वती राई, रञ्जिता गुरुङलगायतका मोडेलको अधिपत्य छ भने गायक गायिकामा, देवी धर्तीमगर, पशुपति शर्मा, खुमन अधिकारी, राधिका हमालले धेरै गीत गाएका छन्।
![]() |