आफन्तको लागनीले किस्ट बैंक धरासायी, वाणिज्य बैंकमा ऋणको व्याज बढ्यो
![]() |
७ चैत, काठमाण्डौं । प्रवर्द्धकहरुलाई घुमाउरो तरिकाले घरजग्गामा लगानी गर्न ऋण दिएका कारण किस्ट बैंक ६ करोड ९५ लाख रुपैयाँ घाटामा गएको छ ।
बैंकले खुद व्याजमा आम्दानी बढाएपनि घरजग्गा ऋण डुवेपछि जोखिम व्यवस्थापन गर्न ठूलो रकम छुट्याउन परेकाले घाटा खाएको हो । बैंकले ३७ करोड ९८ लाख रुपैयाँ नोक्सानी व्यवस्थामा राखेको छ ।
घरजग्गामा डुबेको ऋणबाट उकासिन बैंकले आफ्ना विभिन्न स्थानमा रहेका घरजग्गा बिक्रीमा राखिसकेको छ । वित्तीय अवस्था बिग्रँदा बैंकले बलियो र पैसा हाल्न सक्ने समूहहरुसँग समेत सम्बन्ध बढाउको छ ।
नयाँ लगानीका लागि बैंकले ज्योति समूहलाई सेयर बिक्री गर्ने प्रयत्न गरेको छ । पुँजीकोष कम रहेको र खराब कर्जासमेत निरन्तर बढिरहेका कारण बैंकले नयाँ लगानीकर्ता खोजेको हो ।
ऋणबाट उम्कन आफु बसेको कार्यालय छाडेर
अनामनगरकै अर्को साततले घरमा बैंकले आफ्नो मुख्य कार्यालय र शाखा सार्दैछ । बैंकले ३२.३२ आनामा फैलिएको अनामनगरको मुख्यालय बिक्री गर्न लागेको हो । बैंकले यो जग्गासहित २८ सय ७४ वर्गफिटको प्लिन्थ एरिया भएको घरजग्गा र अस्थायी निर्माण गरिएको कस्टमर सर्भिस काउन्टरलागयत पूर्वाधारसमेत बिक्री गर्न लागेको छ ।

बैंकले सुरुमा ४ करोड रुपैयाँमा कर्पोरेट कार्यालयका लागि अनामनगरको जग्गा किनेको थियो अहिले यो जग्गाको मूल्य आनाको ४० लाख रुपैयाँ पर्छ । अहिलेको बजार भाउअनुसार यसको कुल मूल्य १४ करोड रुपैयाँ पुगिसकेको नागरिक दैनिकमा खबर छ । १७ अर्व ५८ करोड रुपैयाँ कुल कर्जा लगानी गरेको बैंकले घरजग्गामा २ अर्व ५७ करोड रुपैयाँ कर्जा दिएको छ । यही कर्जा र्बैकलाई पासो भएको हो । घरजग्गा कारोबार बढेका बेला बैंकका प्रबन्ध सञ्चालक कमलप्रसाद ज्ञवालीले आफन्त र केही प्रबर्द्धकसँग मिलेर घरजग्गा कारोबार कर्जा बन्द गरिदिएपछि बैंक अप्डेरोमा परेको हो ।
बैंकले बढाए ऋणको व्याज
वाणिज्य बैंकहरुले ऋणको व्याजदर फेरि बढाउन थालेका छन् । लागनी योग्य पुँजी -तरलता) अभावका कारण सर्वसाधारणलाई दिने बचतको व्याज वृद्धि गरिएको भन्दै बैंकहरुले ऋणको पनि बढाउन थालेका हुन् ।
बैंकहरुले ऋणको व्याज ०.२५ प्रतिशतदेखि ०.७५ प्रतिशत विन्दुसम्म बढाउन थालेका छन् । ऋणको व्याज यथेस्ट नघटाई बचतको मात्र कम गरेर बैंकहरुले अन्याय गरेको प्रतिक्रिया राष्ट्र बे.कले दिइरहेका बेला बैंकहरुले ऋणको व्याज फेरि बढाउन थालेका हुन् ।
‘बचतको व्याजदर वृद्धि गरिएकाले ऋणको बढाउनु स्वभाविक हो,’ बैंकर्स संघका अध्यक्ष तथा सिटिजन्स् बैंक इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले भने, ‘व्याज घटबढ हुनु बित्तीय चक्र भएकाले यसलाई अन्यथा लिनुहुँदैन् ।’
१८ अर्व निक्षेप संकलन
गत फागुन तेस्रो साताको तुलनामा चैत पहिलो सातासम्म वाणिज्य बेंकमा १८ अर्व निक्षेप थपिएको छ । गत फागुन १८ गते वाणिज्य बैंकको निक्षेप ८ खर्ब ९९ अर्ब रहेकोमा चैत २ गतेसम्म बढेर ९ खर्ब १७ अर्ब पुगेको छ ।
पछिल्लो समयमा नेपाल राष्ट्र बैंकले बचत तथा ऋण सहकारीलाई केही कडाई गर्ने समाचार सर्वाजनिक भएकाले सहकारीमा रहेको केही निक्षेप वाणिज्य बैंकमा स्थानान्तरण हुन लागेको एक बैंकरले बताए । ‘पछिल्लो समयमा सहकारीमा रहेको निक्षेप वाणिज्य बेंकमा जाने क्रम बढ्दो छ,’ ती अधिकारीले भने । हालसम्म सहकारीको प्रभावकारी नियमन हुन नसकेको तर निक्षेप तीब्र दरले बढ्दै गएपछि जोखीम बढेकाले सहकारीबाट रकम झिक्ने क्रम तीब्र देखिएको उनको भनाई उदृत गर्दै अभियान दैनिकले खबर छापेको छ ।