बालकृष्ण ढुंगेलका सहयोगीलाई पनि जन्मकैद
![]() |
बालकृष्ण ढुंगेलका सहयोगीलाई पनि जन्मकैद
७ चैत, काठमाण्डौं । ओखलढुंगा पोकलीका उज्ज्वनकुमार श्रेष्ठको हत्या भएको १५ बर्षपछि ओखलढुंगा जिल्ला अदालतले हत्या अभियोगमा एमाओवाद्यीका अर्का नेता पुष्कर गौतमलाई पनि जन्मकैदको फैसला सुनाएको छ ।
जिल्ला न्यायाधीश कोषकुमार नेम्बाङको इजलासले श्रेष्ठ हत्याको अभियोगमा गौतमलाई गत बिहीबार जन्मकैदको फैसला सुनाएको हो ।
श्रेष्ठ हत्याको अभियोगमा जिल्ला अदालतले एकीकृत नेकपा माओवादीका नेता तथा पूर्वसभासद् बालकृष्ण ढुंगेललाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाईसकेको छ ।
ढुंगेलसहित नौं जना विरुद्ध दायर मुद्दामा परार रहेका गौतमको मुल्तबी मुद्दा जगाउँदै अदालतले जन्मकैदको फैसाला गरेको राजधानी दैनिकमा खबर छ । हत्या अभियोगमा मुद्दा चलाइएका अर्का अभियुक्त केशवहरि ढुंगेललाई भने अदालतले सफाई दिएको छ ।
फरार रहेका गौतमको मुद्दा व्यूँताउँदै अन्य सहायक अभियुक्तको बयान र हत्याबारे संकलित प्रमाणले गौतमको संलग्नता पुष्टि भएको भन्दै जन्मकैदको फैसला गरेको ओखलढुंगा जिल्ला अदालतले जनाएको छ।
हत्या अभियोगमा अदालतले सजाय सुनाएका ढुंगेल र फरार रहेका गौतमबाहेक सवैले फैसला अनुसारको सजाय भोगी जेल मुक्त भइसकेका छन् । जन्मकैदको फैसला भएका गौतम माओवादीका तत्कालीन जिल्ला सदस्य हुन् । हाल उनी मुलुक बाहिर रहेको उज्जवनका तर्फबाट बहस गरेका एक कानुन व्यवसायीले बताए ।
![]() |