हतियारसहित नेपाल छिरेका छ भारतीय सैनिक पक्राउ
![]() |
इलाम, ९ चैत- पूर्वी इलामको सीमावर्ती पशुपतिनगरवाट प्रहरीले छ जना भारतीय सैनिकलाई नियन्त्रणमा लिएको छ । पशुपतिनगर बजारमा सैनिक पोषक र हतियारसहित उनीहरुलाई भेटेपछि त्यहाँस्थित इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको हो । विहान ११ बजेतिर उनीहरु पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालयमा नै राखेर अहिले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पशुपति फाटक र सुखियाबीचको सीमाना भन्ने स्थानको वैकल्पिक बाटोबाट उनीहरु पशुपतिनगर निस्किएको प्रहरी नायव उपरीक्षक भिमवहादुर दहालले जानकारी दिए । 'के कारणले उनीहरु निस्किएको भन्ने यकिन हुन सकेको छैन,' उनले भने । नियमित सीमा जाँचका क्रममा फाटकमा आउन खोज्दा बाटो भुलेर पशुपतिनगर बजारमा निस्किएको हुन सक्ने प्रहरीको आशंका छ । पक्रउपछि दार्जिलिङस्थित सैनिक हेड क्वाटरमा सम्पर्क भइरहेको प्रहरीको भनाई छ ।
![]() |