रिसोर्टजस्तो घर
![]() |
सिर्जना दुलाल
धापासी हाइटमा निर्मित आशा थापाको १ रोपनी १२ आनामा फैलिएको घर झ्वाट्ट हेर्दा चिटिक्क परेको रिसोर्टजस्तै लाग्छ । पिल्लर सिस्टममा निर्माण गरिएको बंगला स्टाइलको यो घरलाई हरियो रूख, बोट-बिरुवा तथा रंगीबिरंगी फूलहरूले प्राकृतिक टच दिएको छ । घरमा इँटाको पौराणिक नेपाली स्टाइलको छानाले नेपाली पनको झझल्को मिल्छ । मुख्य गेटबाट भित्र छिर्नासाथ ढुंगा बिछ्याइएको खुल्ला स्पेस छ र त्यसको साइडमा गाडी पार्किङको ठाउँ छुट्याइएको छ ।
घरभित्र छिर्न इँटाले बनाइएको भर्याङ छ । भर्याङ वरिपरि पनि गमला छन् । परम्रागत काठको ढोका खोलेर भित्र छिर्नासाथ सानो लबी छ । लबीबाट दायाँतिर गेस्ट डाइनिङ हल छ । डाइनिङ रुमको झ्याल जस्तो देखिने गरी सिसाको ढोका राखिएको छ । जहाँबाट सानो गार्डेनमा जान सकिन्छ । गार्डेनमा कुर्सी, टेबुल तथा शिशुहरूका केही खेलौना छन् । लबीको बीचको ढोकाबाट भित्र छिर्नासाथ लिभिङ रुम छ । लिभिङ रुमलाई पौराणिक, काष्ठकला र कलाकृतिहरूको राम्रो संकलनका साथमा सजाइएको छ । लिभिङ रुमभन्दा भित्र मिनी बार र लिभिङ स्पेस बनाइएको छ । पार्टी तथा गेटटुगेदरका लागि यो स्पेस निकै उपयुक्त छ । बारबाट बाहिर जाने काठको ढोका छ । जहाँबाट पछाडिको गार्डेन, पुल, फाउन्टेन, झुला तथा कुकुरका खोर छन् । यहाँ पूरै ट्रेडिसनल स्टोन क्राभ गरिएको छ । फाउन्टेनको साइडमा काठको क्लासिक पुल छ । पुलको पछाडिको भागमा पाटी बनाइएको छ । नेपाली परम्परागत छाना राखिएको पाटी स्टोनले निर्माण गरिएको छ । यहाँ जाडोमा आगो बालेर बार्बिक्यु गर्न मिल्छ । गार्डेनसँगै सर्भेन्ट क्वाटर तथा गेस्ट रुम छ । लिभिङ रुमबाट बायाँतिर भने किचेन तथा पारिवारिक डाइनिङ रुम छ ।
काठको गोलो भर्याङबाट माथि गएपछि पहिलो तल्लामा दुईवटा बेड रुम तथा एउटा फेमिली लिभिङ रुम छ । पहिलो तल्लाको अगाडिको भागमा बरन्डा र गमलाहरू राख्ने ठाउँ बनाइएको छ । बेड रुममा अटेच बाथरुम, ड्रेस चेन्जिङ, आलमारी एवं मेकअप रुम पनि छ । दोस्रो तल्लामा एउटा मास्टर बेड रुम, पूजा कोठा तथा कौसी छन् । यो घरको प्रमुख विशेषता काठको राउन्ड भर्याङ तथा प्राकृतिक वातावरणले युक्त अनुपम छटा हो ।