सञ्जय दत्तलाई ५ वर्ष जेल सजायँ
![]() |
चैत ८ – भारतको सर्वोच्च अदालतले अभिनेता सञ्जय दत्तलाई ५ वर्षको जेल सजायँ सुनाएको छ ।
सन् १९९३ मा मुम्बईमा भएको श्रृंखलाबद्ध बम विष्फोटको विषयलाई लिएर संजय दत्तलाई पाँच वर्षको जेल सजायँ सुनाएको हो ।
भारतीय अपराध अदालत टाडाले उनलाई अवैध हतियार राखेकोमा दोषी ठहर गर्दै ६ वर्षको सजायँ सुनाएकोमा सर्वोच्चले १ वर्ष घटाएको हो । टाडा अदालतले सन् २००९ मा नाईन एमएम पेस्तोल ए के ५६ राइफल अवैध रुपमा राखेकोमा दत्तलाई दोषी ठहर गरेको थियो ।
उनले यसअघि डेढ वर्ष जेल सजायँ काटिसकेकाले अब थप साढे ३ वर्ष जेलमा बस्नुपर्ने भएको छ । सर्वोच्च अदालतले उनलाई आत्मसमर्पण गर्न चार हप्ताको समय दिएको छ । सञ्जय दत्तले आफ्नो नीजि जीवन, छोराछोरी, विवाह, सामाजिक काम र जेलमा यसअघि समय विताइसकेका जस्ता कारण देखाउँदै सजायँ कम गर्न अपिल गरेका थिए ।
तर अदालतले सबै विषयलाई ध्यान दिएपनि उनीमाथि लागेको अभियोगका कारण खुला छोड्न नमिल्ने जिकिर गरेको छ ।
अदालतको फैसलापछि सञ्जयका तीन ठूला फिल्म प्रभावित हुने भएका छन् । पिके, पोलिसगर्ल, उंगली नामका चलचित्रको निर्माण नभएकाले निर्माणकर्ताहरु मारमा पर्ने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
![]() |