बुहारीले ससुरालाई निर्घात कुटिन


मङ्गलबारे (इलाम), चैत्र ४ - आफ्नै पराई बनेपछि कस्को के लाग्छ र । साङ्रूम्बा निवासी एक बुहारीले वृद्ध ससुरालाई निर्घात कुटपिट गरेकी छिन् ।
साङ्रूम्बा–२ निवासी ८१ वर्षीय जीतबहादुर लिङ्दमलाई आज बिहान ३३ वर्षीया बुहारी सञ्चमाया लिङ्दमले मरणासन्न हुने गरी कुटपिट गरेकी हुन् ।
 कुटिएका वृद्धले परिवारको सहयोगमा जिल्ला प्रहरी कार्यालय आएर उजुरी दर्ता गराएका छन् । सामान्य घरायसी विवादमा बुहारीले कुटपिट गरेको वृद्धको आरोप छ ।
वृद्ध ससुरा कुट्ने बुहारी सञ्चमायालाई कडाभन्दा कडा कारबाही गरिने प्रहरीले बताएको छ । वृद्धलाई कुटपिट नगर्न सम्झाउन खोज्दा सञ्चमायाले आफ्नो घरको मामिलामा हस्तक्षेप नगर्नू भन्दै धम्कीसमेत दिएको छिमेकीले बताएका छन् ।