इराकमा १० बर्षभित्र एक लाख १२ हजारको मृत्यु
|
इराकमा सन् २००३ मा सद्दाम हुसेनलाई अपदस्थ गरेयता अर्थात गत एक दशकभित्र भएको हिंसामा परी कम्तीमा एक लाख १२ हजार सर्वसाधरणको मृत्यु भएको समाचारमा जनाइएको छ ।
यद्यपि बेलायतसँग आबद्ध इराक मृतक गणना समूह(आइविसी) का अनुसार एक दशकमा यस द्वन्द्वमा लडाईमा संलग्न व्यक्तिलगायत नागरिक हताहति गणना गर्दा एक लाख ७४ हजार रहेका छन् ।
सन् २००३ मार्च २० देखि हालसम्म नागरिक हताहति एक लाख १२ हजार र एक लाख २२ हजार ४५८ बीचमा रहेको जनाइएको आइबिसीले जनाएको छ ।
आइबिसीका अनुसार यी वर्षहरुमा बग्दाद सबभन्दाबढी रक्तपातपूर्ण क्षेत्रको रुपमा रहेको छ ।
सो नागरिक हताहतिमा ४८ प्रतिशत सन् २००६ देखि २००८ सम्म भएको पनि जनाइएको छ ।
सन् २००३ देखि अमेरिकाले इराकमाथि हस्तक्षेप गरेको थियो । त्यसैगरी सन् २०११ अमेरिकी सैनिक फिर्ता भएपछि त्यस समयदेखि हालसम्म चार हजार ८०४ सर्वसाधारणले ज्यान गुमाइसकेका जनाइएको छ ।
इराकमा बग्दादपछि द्वन्द्वग्रस्त क्षेत्र उत्तरी र पश्चिमीप्रान्तहरु रहेका जनाइएको छ ।
सुनी मुसलमान समुदायको बाहुल्यता रहेको सो क्षेत्रमा बढी हिंसाले जरा गाडेको समाचारमा उल्लेख छ ।
|

.jpg)


