हल बन्द हुँदा ‘माई ब्रदर’ को कतार प्रदर्शन अबरुद्ध
|
नबराज खड्काथोकी
चलचित्र ‘माई ब्रदर’ लाई नेपालमा मात्र नभई कतारमा पनि झट्का लागेको छ । नेपालमा सोचेजस्तो व्यापार नगरेको यो सिनेमाको बिशेष प्रदर्शन कतारको दोहा सिनेमा हलमा गर्ने तयारी गरिएको थियो । तर बिशेषकारण जनाउँदै दोहा सिनेमा हल बन्द भएपछि चलचित्रको प्रदर्शन अबरुद्ध भएको हो ।केही महिनाका लागि हल बन्द भएपछि फ्रेबुअरी १५ मा हुन लागेको सिनेमाको प्रदर्शन अबरुद्ध भएको हो । अर्को मिति तय नभएसम्म सिनेमाको सम्पुर्ण टिकट स्थगित गरिएको आयोजकले जनाएको छ । कार्यक्रमका आयोजक मध्येका एक सन्तोष गुरुङले सिनेमाको प्रदर्शन अबरुद्ध हुँदा दर्शकमा पर्न गएको असुविधा प्रति क्षमा मागेका छन् ।
अनाथ तथा अपाङ्ग बालबालिकाहरुको सहयोगका लागि चलचित्रको विशेष प्रदर्शन कतारमा आयोजना गर्ने तयारी गरिएको थियो ।
|



