मिलेर काम गर्ने दम्पतीलाई बढी यौनसुख

एक दम्पतीले महिनामा कतिपटक यौनसम्पर्क राख्लान् ? यसको उत्तर निक्र्योल गर्न कठिन छ । सबैका हकमा एउटै उत्तर आउँछ भन्ने छैन । अमेरिकामा हालै गरिएको एक अध्ययनले भने दम्पतीबीच बाँडफाँड गरिएको घरायसी कामको परिमाणमा यसको उत्तर भर पर्ने उल्लेख गरेको छ । अमेरिकी सोसियोलोजिकल रिब्यु जर्नलमा छापिएको उक्त शोधले कामका आधारमा दम्पतीले महिनाभरि गर्ने यौनसम्बन्ध निर्धारित हुने उल्लेख गरेको हो । शोधमा उल्लेख गरिएअनुसार स्त्री र पुरुषबीच पारम्परिक तरिकाले काम भाग लगाइएको छ भने त्यो थप सकारात्मक हो । शोधले घरका पारम्परिक काममा लाग्ने दम्पतीबीच बढी सेक्स हुने उल्लेख गरेको छ । यो शोध ४ हजार ५ सय दम्पतीबीच गरिएको हो । अध्ययनले के पनि प्रस्ट्याएको छ भने जुन घरमा पत्नी खाना पकाउने र घरायसी सरसफाइ अनि पुरुष कार बनाउने र घरमा आवश्यक अन्य सामग्री जोरजाम गर्नेजस्ता परम्परागत काममा लागेका हुन्छन्, उनीहरूबीच महिनामा औसत १ दशमलव ६ गुना बढी यौनसम्पर्क हुने गरेको छ । त्यसो त अध्येताहरूले यो अध्ययनकै आधारमा पुरुषहरूलाई चेतावनी पनि दिएका छन् । उनीहरूको भनाइ छ, ‘पुरुषहरूले घरायसी कामबाट उम्कन अध्ययनजस्ता कुराहरूको बहाना नबनाउँदा हुन्छ । र, अध्ययनमा मात्र लागेर घरलाई बेवास्ता पनि नगर्दा हुन्छ । किनकि यसले दम्पतीबीच आपसी लडाइँ पनि बढ्न सक्ने देखिएको छ । उनीहरूबीच अन्तरंग पलहरू कम हुन थाल्छन् ।