ढोकामा चुकुल
![]() |
साउदी अरेबियाका एक ९१ वर्षीय पुरुषले १५ वर्षीया किशोरीविरुद्ध अनौठो मुद्दा हालेका छन्। ती पुरुषले आफ्नी किशोरी श्रीमतीविरुद्ध सुहागरातकै दिन लुकेको आरोप लगाउँदै आफ्नो मानहानि गरेको दाबी गरेका छन्। समाचारअनुसार आफुभन्दा ७५ वर्ष जेठो लोग्नेसँग डराएर ती किशोरी विवाहको पहिलो रात छिट्टै कोठाभित्र पसिन् र भित्रबाट चुकुल लगाइन्। किशोरी श्रीमतीसँग मस्ती गर्ने अभिलाषा बोकेर ती बूढा बेहुलाले ढोका ढक्ढकाउँदा उनले मरिगए खोलिनन्। दुइ दिनपछि ती किशोरी बल्लतल्ल त्यहाँबाट भागेर माइतीघर गइन्। आफूमाथि अपमान र जालसाजीसमेत भएको भन्दै बूढा बेहुला रिसले आगो भए। उनले आफुले विवाहमा साढे १७ हजार अमेरिकी डलर बराबरको रकम ती बेहुलीका बुवाआमालाई दिएको भन्दै उक्त रकम फिर्ता पाउनुपर्ने समेत माग गरेका छन्।
![]() |