सबैभन्दा लामो विरालोको मृत्यु



२४ माघ, काठमाडौं । विश्वको सबैभन्दा लामो विरालोको मृत्यु भएको छ । अमेरिकाको नेभादा राज्यमा रहेको सबैभन्दा लामो विरोलो स्टीवीको क्यानसरका कारण मृत्यु भएको हो । विरालोको लम्बाई नाकदेखि पुच्छरसम्ममा १ मिटर २३ सेन्टिमिटर थियो ।

सन् २०१० मा सबैभन्दा लामो विरालोको गिनिज बुक अप वल्र्ड रेकर्डसमा नाम लेखाएको थियो । एक वर्षदेखि क्यान्सरसँग लड्दै आएको ८ वषर्ीय स्टीवीको सोमबार मृत्यु भएको बीबीसीले जनाएको छ । स्टीवीको मृत्युको खबर सार्वजनिक भएपछि धेरैले फेसबुक र ट्वीटरमा श्रद्धान्जली दिएका छन् । विरालोको पूरा नाम माइमेनस स्टीवर्ट गिलीगन थियो, जसले सन् २०१२ मा पोल्याण्डमा भएको अन्तराष्ट्रिय क्याट शो मा भाग लिएको थियो ।