फेसबुक बन्द भए के होला ?

प्रेममा बिछोड भएर पागल भएको प्रेमी जस्तै भइएला।

निशा शर्मा, अभिनेत्री

ओहो ! त्यस्तो भयो भने त रोजी-रोटी नै खोसे जस्तो भै हाल्छ नि ! 

भूमिराज राई, गायक

खै के होला के होला ? अरूलाई के होला थाहा छैन्, मलाई चाहिँ केही फरक पर्दैन। 

सरिता लामिछाने, अभिनेत्री

गुगलप्लस र टि्वटर धेरै खुसी होलान्। हामी प्रयोगकर्ताहरू फुर्सदिला हुन्थ्यौं होला।

रेजिना उप्रेती, अभिनेत्री

धेरैको घरबार जोगिन्छ होला...।

हेमन्त शर्मा, गायक

विद्यार्थीले कोर्स बुक तिर ध्यान दिन थाल्लान अनि अलि बढी पर्सेन्टेज विद्यार्थीले एसएलसी क्लीयर गर्लान कि !

रीमा विश्वकर्मा, नायिका

फेसबुक बन्द भए, आर्टिस्टहरूले प्रोमोसनका लागि अझ बढी पैसा खर्च गर्नुपर्ला......।

सोनम पाखि्रन, गायक

एकछिन है सोच्दैछु, ए, आनन्दै हुन्थ्यो....कमसेकम गर्लफ्रेन्डहरूले पासवर्ड त माग्दैनथे....।

नमित चन्द ठकुरी, एडिटर/डाइरेक्टर

फेसबुक चलाएर खाना नै खान बिर्सनेहरूका लागि मोटाउने दिन आउला नि।

दिपशिखा खड्का, मोडल/नायिका

ओ हो, बिजोग नै हुन्छ नि, फेसबुकमा एकै पटकमा धेरै गर्लफ्रेन्डसँग कुरा गर्न पाइन्छ, यो बन्द भयो भनें मोबाइलबाट एक-एक गरेर कति  जनासँग कुरा गर्नु ?

निर्मल सेन्चुरी, नायक