जाडोमा हातको स्याहार
|
जाडोमा छाला सुख्खा हुनेगर्छ। जाडोमा म्वइस्चरेजरको कमीले गर्दा अनुहार , हात र गोडा सबैको छाला सुख्खा हुन्छ। सबैभन्दा बढी सुख्खा हुने भनेको हातको छाला हो । भाडा माझ्ने , लुगा धुने । घरको सरसफाईलगायत काम गर्दा हातको छाला सुख्खा हुनुको साथै हात फुट्ने , कालो हुने गर्दछ। कतिपय महिलालाई औला सुन्निने , रगत जमेर औलाहरुमा निलो धब्बा बस्ने जस्ता समस्या पनि देखा पर्छन। त्यसैले जाडोमा हातलाई बिसेस स्याहारको आवस्यकता हुन्छ। हातको माथिल्लो छाला पातलो हुन्छ। पानीको काम धेरै गर्नाले हातमा छिट्टै चाउरि पर्ने समस्या देखा पर्छ। त्यसैले सातामा वा १५ दिनमा एक पटक मेनिक्योर गराउनु पर्छ। मेनिक्योर गराउनको लागि हामीले पार्लर नै धाउनु पर्छ भन्ने छैन । घरेलु सामग्रीको प्रयोगबाट पनि मेनिक्योर गर्न सकिन्छ। मेनिक्योर गर्नकै लागि भनेर समय निकाल्न नसके पनि राति सबै काम सकिएपछी हातलाई राम्रो संग साबुन पानीले पखालेर म्वइस्चरेजरले १० देखि १५ मिनेट सम्म मसाज गर्ने । यसको लागो समय निकाली रहनु पर्दैन । टिभी हेर्दा होस् वा कुरा गर्दागर्दै हातको मसाज गर्न सकिन्छ। यसरि हात सफा सुन्दर हुन्छन ्नै, मसाजले दिनभरिको थकान मेटाउने पनि गर्छ। हातमा हाम्रो शरीरको सबै अंगका प्रेसरको प्वाईनट हुने भएकोले यसले हातलाई ्मात्र होइन , सम्पूर्ण शरीरलाइ नै आराम दिन्छ।
मेनिक्योर गर्ने घरेलु बिधि
¤¤ मेनिक्योर गर्नु भन्दा अगाडि नेल पलिस रिमुभ गर्ने ।
¤¤ त्यस पछी नेल फाईभरको साहयताले नङलाई आफुले चाहेजस्तो सेप दिने।
¤¤ मनतातो पानीमा नून, श्यामपू , कागतीको रस, ग्लिसिरिन राख्ने। यस मिश्रणमा १० मिनट सम्म हात डुबाउने । मेनिक्योर ब्रस वा साधारण ब्रसको मद्दतले नङलाई सफा गर्ने । यसो गर्दा नङमा जम्मा भएर बसेको फोहोर सफा हुन्छ।
¤¤ यसपछी सफा पानीले हात दुने र पुछ्ने ।
¤¤ नङ्मा जैतुनको तेल वा भ्यास्लिन राखेर नङको मलिस गर्ने । नङको माथिल्लो भागको मृत छाला (क्युटिकल )लाई क्युटिकल कटरबाट हटाउने।
¤¤ अन्त्यमा ह्यान्ड वा बडीलोसनले १० देखी १५ मिनट सम्म हातको मालिस गर्ने ।
ध्यानदिनु पर्ने कुरा :
¤¤ कपडा धुँदा ,भाँडा माझ्दा सकेसम्म पञ्जा प्रयोग गर्नुपर्छ। काम सकिए पछी ह्यान्ड वा बडी लोसन प्रयोग गर्नुपर्छ।
केही टिप्स :
¤¤ कसैकसैको हात समयभन्दा अगाडि नै चाउरी परेका हुन्छन। त्यस्का लागि मख्खन (वटर) र बदामको तेल (रोगन बदाम ) लाई राम्ररी मिक्स गर्ने । त्यस्लाई हल्का तताउने र हातमा मालिस गर्ने ।
¤¤ हातको रङमा निखार ल्याउन कागतीको रसमा मह मिसाएर मालिस गर्ने । यसो गर्दा हात सफा र नरम हुन्छ।
¤¤ कागती नङका लागि शक्तीबर्धक हुन्छ। यस्ले नङलाई सफा र चम्किलो बनाउन मद्दगर्छ।
¤¤ जाडोमा हात फुस्रो हुँदा तिलको तेलले मलिस गर्नु लाभदायक हुन्छ।
¤¤ जौको पिठो र दही मिसाएर हात सफा गर्दा घामले डढेको भाग राम्रो हुँदै जान्छ।
- लक्ष्मी महत
फ्यासिनेटेड ब्युटी ट्रेनिङ स्कुल
|




