बाल ठाकरेको निधन

मुम्बई, मंसिर २ - गम्भीर बिरामी भएपछि उपचाररत भारतीय शिव सेना प्रमुख बाल ठाकरेको निधन भएको छ ।
शनिबार दिउँसो तीन बजे ८६ वर्षीय ठाकरेको निधन भएको टाइम्स अफ इन्डियाले जनाएको छ । उपचारमा संलग्न डा. जलील पारकरले ठाकरेको निधन भएको जानकारी दिएका हुन् ।