जिन्दगीमा राम्रो संगत नपाएर बिग्रिएँ म!



जिन्दगीमा राम्रो संगत नपाएर बिग्रिएँ म!
आत्मियता अन-बरत नपाएर बिग्रिएँ म!

नियतिले ठग्यो मलाइ उठाएर आमाबाबा
मायाँ प्रिती कैलै निकट नपाएर बिग्रिएँ म!!

भौतारिंदा चार दिशामा हात लाग्यो सुन्यता नै
पार्ने मान्छे एक्लै आदत नपाएर बिग्रिएँ म!!

हृदयले खोज्दा आंचल ममता भो टुक्रा टुक्रा
खोटो भाग्य पूर्ण औसत नपाएर बिग्रिएँ म!!

कोहि भन्थे औंसे मुलाई कोहि भने अलक्षिने
कहीं कतै बाट इज्जत नपाएर बिग्रिएँ म!!

गाइ छोडी गधा पुजाई छाड्ने बेला समाजमा
रामायण गीता भागवत नपाएर बिग्रिएँ म!!

अलिकति मायाँ पाउन थापें दाउ जिन्दगीको
स्वर्ण छोड्यौं पदक रजत नपाएर बिग्रिएँ म!!


Asmi Gm