हल्का व्यायामले मुटुलाई फाइदा



 व्यायामले मात्रै स्वास्थ्यलाई राम्रो गर्छ भन्ने होइन । मुटुका रोगीलाई हल्का व्यायाम नै उपयुक्त हुने अध्ययनकर्ताले पत्ता लाएका छन् । बुढ्यौलीमा प्रवेश गरिसकेका पाका व्यक्तिले हलुको व्यायाम गर्ने हो भने उनीहरूमा मुटुको समस्या धेरै हल हुने बताइएको छ । बेलायतको युनिभर्सिटी कलेजका अनुसन्धानकर्ताले अध्ययनपछि यस्तो निचोड निकालेका हुन् ।  अध्ययनमा जुन व्यक्तिले सातामा अढाइ घन्टा व्यायाम गरे, उनीहरूको रगतमा मुटुलाई हानि पुर्‍याउने तत्त्वको मात्रामा कमी पाइयो । अध्ययन अनुसार ४० देखि ६० वर्ष उमेरकालाई पनि हलुको व्यायाम निकै फाइदाकारी हुन्छ । अध्ययन चार हजारभन्दा बढी व्यक्तिमा गरिएको दाबी छ ।