फ्रान्सको यौन व्यवसाय विवादमा
|
पेरिस , भाद्र ७ - फ्रान्सका प्रमुख बुद्धिजीवीले यौन व्यवसाय (वेश्यावृत्ति) निर्मूल गर्न सरकारले राखेको उद्देश्यमै प्रश्न गरेका छन् । बिहीबारको साप्ताहिक राजनीतिक पत्रिका ‘ल नुभेल अब्जरभाटर’मा प्राज्ञ, कलाकार तथा लेखकहरूले विश्वको सबैभन्दा पुरानो पेसा अन्त्य गर्ने प्रयास असफल हुने धारणा व्यक्त गर्दै यो विषयमा समाजवादी प्रशासनले प्रयास सुरु गनुपर्ने विषयमै प्रश्न गरेका छन् ।
जुनमा नयाँ सरकारका महिलामन्त्री नाजात भालाड बेलकासेमले वेश्यावृत्ति अन्य गर्ने प्रयास गरिने घोषणा गरेपछि यस प्रकारको विवाद आएको हो । बुद्धिजीवीहरूले महिलालाई यौन दासता तथा संगठनात्मक आपराधिक समूहबाट मुक्त गराउने प्रयासलाई उनीहरूले स्वागत गर्ने पनि बताएका छन् ।
उनीहरूले वेश्यावृत्ति निर्मूल गर्ने विषयमा दुई अवधारणा रहेको तर्क अघि सारेका छन् । उनीहरूले यस विषयमा सारिएको अतिवादी महिला दृष्टिकोणसँग असहमति जनाएका छन् । उनीहरूले यी अवधारणा ‘ यौन कर्म महिलाको आत्मसम्मानको उल्लंघन भएको’ तथा ‘सबै यौन कर्मी उनीहरूको ग्राहकबाट पीडित व्यक्ति भएको’ भन्ने अर्थ लाग्ने पनि उल्लेख गरेका छन् ।
उनीहरूले कहिलेकाहीं तथा पूर्ण अवधि यौन कर्म गर्ने सबै महिला पुरुषको दमनबाट पीडित नै भएको भन्ने कुरा सत्य नभएको पनि उल्लेख गरेका छन् । यसैगरी पुरुष ग्राहक पनि सबै डरलाग्दा आक्रमणकारी वा यौन हिंसा गर्ने व्यक्ति भएको र उनीहरूले महिलालाई उपयोग गरेर फ्याँक्ने सामान ठान्ने गरेको पनि सत्य नभएको उनीहरूले उल्लेख गरेका छन् ।
यो लेखमा सहभागी हुनेहरूमा दार्शनिक एलिजाबेथ बाडिन्टर, लेखक रेजिन डेसफोरगेस तथा चलचित्र निर्माता क्लाउड लान्जमान परेको पनि उल्लेख गरिएको छ । सहमतिमा हुने सहज यौन कर्मलाई फ्रान्समा अपराध मानिन्न । यसो भए पनि वेश्यावृत्तिका लागि विज्ञापन गर्नु, सम्भोगका लागि कसैलाई खरिद गर्नु वा वेश्यालय चलाउनु यहाँ अपराध मानिन्छ ।
मन्त्री बेलकासेमले नयाँ उपायले वेश्याका ग्राहकलाई लक्ष्य बनाउने धारणा व्यक्त गरेका छन् । बौद्धिक व्यक्तित्वहरूले ग्राहकलाई अपराधी बनाउँदा वेश्यावृत्ति भूमिगत हुने र उनीहरूलाई दलालको थप शोषणमा पार्ने विश्वास व्यक्त गरेका छन् । उनीहरूले राम्रो चाहनाबाट पनि नरकको बाटो खुल्ने धारणा राखेका छन् ।
प्रकाशित मिति: २०६९ भाद्र ७ ०३:३९
-ekantipur