चामलको ट्रकमा लागू पदार्थ
![]() |
काठमाडौं, श्रावण २८ - वीरगञ्जबाट चामल बोकेर काठमाडौं आएको एउटा ट्रकमा लागूऔषध फेला परेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले नागढुङ्गामा चामल लिएर आएको ना३ख ५६८४ नम्बरको ट्रकबाट ४ हजार ९ सय डाइजेपाम र ब्रुपिनर्फिन ४ हजार ९ सय थान बरामद गरेको हो ।
लागू औषध सहित ४ जनालाई पक्राउ समेत गरेको छ । पक्राउ पर्नेमा ट्रकका चालक पर्साका लालमणि महरा, पर्साकै सहचालक प्रकाश महरा, काभ्रेका छोइसाङ तामाङ र दाङका सरस्वती शाही छन् ।
![]() |