क्यान्सर पीडितका लागि न्यूयोर्कमा सहयोग साँझ
![]() |
न्युयोर्क, श्रावण २८ - सम्बन्धको औचित्यलाई जसरी प्रष्टाए पनि हजारौं माईल पर प्रवासमा सारो गाह्रो पर्दा चाहिने आखिर उनै प्रवासी नेपालीहरु हुन् । लगनखेलका राजु खड्का एक बर्षदेखि कलेजोको क्यान्सरबाट ग्रस्त छन् । न त परिवारको साथ न कोहि सहयोग ी आफन्त । अस्पतालमा कलेजो स्थानान्तर गर्न महिनौं लाग्ने र सो अवधिमा खर्च टार्न धौ धौ पर्ने स्थिति खड्काको छ । तथापी न्युयोर्कबासी नेपाली प्रवासीहरुको सहयोग ी हात जुर्मुराएपछि भने खडकालाई केहि आर्थिक राहत मिल्ने भएको छ ।
चलनचल्तीका धार भन्दा फरक रुपमा आयोजना गरिएको शुक्रबारको सांस्कृतिक मौहाल 'राजु खड्का सहयोग साँझ'बाट खडकाका लागि झण्डै नौं हजार अमेरिकी डलर संकलन भयो । आयोजक मध्येका एक तिलक श्रेष्ठकै भनाईमा' यो मानवीय दायित्व त हो नै, त्यसमा पनि नेपाली भाईचाराले हामीलाई आफनो कर्तव्यबोध बनायो ।'
![]() |