प्रेमिकाको सम्झनामा ...
![]() |
एक बेलायती नागरिकले आफ्नी प्रेमिकाको सम्झनामा बनाएको लभ आकारको जंगल ताजमहलभन्दा केही कमी देखिँदैन। ब्रिटेनका ती ७० वर्षीय किसानले आफ्नी श्रीमतीको सम्झनामा लभअंकित स्थानलाई खाली राखेर अन्य स्थानमा आकर्षक बगैंचा बनाएका हुन्। किसानलाई असाध्यै माया गर्ने श्रीमतीको १७ वर्षअघि नै मृत्यु भैसकेको छ। श्रीमती बितेको शोकमा उदास भएर खेतमा टहलिरहेका किसानले अकस्मात आफ्नो जग्गामा श्रीमतीको सम्झनामा प्रेमको प्रतीक अंकित पार्क बनाउने सोच बनाएका थिए। १७ वर्षको निरन्तर प्रयासपछि उनले कल्पना गरेअनुरूपको पार्क बनेपछि यो स्थान सर्वसाधारणका लागि खुला गरिएको छ। अहिले हरेक दिन यो पार्कमा हजारौं युवायुवती डेटिङ गर्न आउँछन्।
![]() |