उपाधि दौडमा शेर्पिनीहरू
![]() |

मिडिया हबको मिडिया एसोसियटमा नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिने मिस शेर्पा-२०१२ का लागि कोरियोग्राफर आयुषी शाह तथा विकास खतिवडाले सहभागी २५ जना शेर्पिनी युवतीलाई तयार पारिरहेका छन्। प्रतियोगिताका सहभागीहरूलाई सियर जिनियस बारबरका मे कअप आर्टिस्ट तथा हेयर स्टाइलिस्टहरूले मेकओभर गर्नेछन् भने सिजन मिडियालाई फोटोग्राफीको जिम्मेवारी दिइएको छ। मिस शेर्पाको तयारीअन्तर्गत नै सहभागी प्रतियोगीहरूलाई भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गराइने आयोजक संस्थाले जनाएको छ। भदौ ३१ गते प्रज्ञाभवनको डबलीमा संचालन हुने मिस शेर्पा-२०१२ मा मुख्य विजेताहरूका अतिरिक्त मिस ट्यालेन्ट, मिस वेल ड्रेस, मिस पपुलर, मिस फोटोजेनिक आदि विधामा पनि पुरस्कार प्रदान गरिनेछ।
![]() |