खेल अघि सम्पर्क




कुनै खेल प्रतियोगितामा भाग लिनुअघि यौन सम्पर्क गर्दा खेलको गुणस्तर प्रभावित हुन्छ भन्ने मान्यतालाई पछिल्लो अध्ययनले नकारिदिएको छ । मैदानमा छिर्नुअघि खेलाडी सहवासमा सहभागी हुँदा खेलमा कुनै असर पर्दैन ।
क्लिनिकल जर्नल अफ स्पोर्टस् मेडिसिनमा प्रकाशित यो अध्ययन प्रतिवेदन अनुसार, खेल प्रदर्शन हुनुभन्दा एक रातअघि शारीरिक सम्बन्ध राख्नाले शरीरको क्षमतामा कुनै गडबडी आँदैन । यो अनुसन्धानमा १४ पुरुष खेलाडीलाई सामेल गरिएको थियो । उनीहरू सबै विवाहित थिए । ती सबैलाई सम्बन्धित पार्टनरसँग शारीरिक सम्बन्ध राख्न लगाइयो र भोलिपल्ट बिहान उनीहरूको पाखुराको मांसपेशी परीक्षण गरियो । कसैको मांसपेशीमा पनि कुनै असर देखिएन ।
अर्को चोटि उनीहरूलाई ६ दिनसम्म यौनसम्बन्ध राख्न दिइएन । त्यसपछि मांसपेशीको अर्को परीक्षण गरियो । नयाँ परीक्षणमा समेत मांसपेशीको शक्ति वा सहनशीलतामा कुनै विपरीत प्रभाव देखिएन ।
युनिभर्सिटी अफ सरेका एक अनुसन्धाता भन्छन्, 'रातभरि यौनसम्बन्ध राख्ने खेलाडीलाई निद्रा नपुग्नु र आराम नमिल्नु स्वाभाविकै हो । यस्तो भयो भने चाहिँ खेलमा असर पर्छ । नत्र, कम समयका लागि गरिएको यौनसम्बन्ध खेलको प्रदर्शनमा तगारो बन्दैन ।' 
खुकुलो पहिरनले शुक्रकीटको गुणस्तर कस्सिएको अन्डरवेयर वा भित्री पहिरनले शुक्रकीटलाई कमजोर बनाउने रहेछ । बेलायती अनुसन्धाताहरूको एउटा समूहको मान्यता अनुसार, सट्टा खुकुलो भित्री पहिरनले शुक्रकीटको गुणस्तर बढाउँछ ।
बाँझोपना हटाउनका लागि धेरैजसो चिकित्सकहरूले यसअघि शुक्रकीटको गुणस्तर बढाउनुपर्ने र जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउनुपर्ने सुझाव दिँदै आएका थिए । अनुसन्धान अनुसार, धूमपान, मद्यपान र मोटोपनले शुक्रकीटको गुणस्तरमा कुनै खास प्रभाव पार्दैन । तथापि यी तीन वस्तुबाट जोगिनु नै स्वास्थ्यका लागि धेरै राम्रो हुन्छ ।
सेफिल्ड र म्यानचेस्टर विश्वविद्यालयका अनुसन्धानकर्ताले ९ सय ३९ यस्ता पुरुषको जीवनशैलीको अध्ययन गरे जसको शुक्रकीटको गुणस्तर राम्रो थिएन । यस्तै, उनीहरुको तुलना १ हजार ३ सय १० यस्ता पुरुषको जीवन शैलीसँग गरियो, जसको शुक्रकीट गुणस्तरीय थियो ।  कहिल्यै धूमपान नगर्ने र एक दिनमा २० खिली चुरोट खाने पुरुषमा पनि सक्रिय शुक्रकीट यथेष्ट मात्रामा पाइयो ।
अनुसन्धाताहरुका अनुसार, कहिलेकाहीँ नशा लिने, मोटोपनाको सिकार व्यक्ति र अत्यधिक रक्सी खानेहरूको शुक्रकीटको गुणस्तरमा नकारात्मक असरको धेरै कम प्रमाण छ । युनिभर्सिटी अफ म्यानचेस्टरका डा. एन्ड्रयु पावेरी भन्छन्, 'सामान्य स्वास्थ्यका लागि जीवनशैलीको धेरै महत्त्व छ । तर पुरुष बाँझोपनामा यसको सायद निकै कम असर पर्छ ।'
शुक्रकीटको गुणस्तरको खुकुलो अन्तर्वस्त्रसँग जोडिएको छ । सेफिल्ड युनिभर्सिटीका डा. एलन पासे सुझाउँछन्, 'कुनै पुरुष वाई आकारको कस्सिएको अन्डरवेयर लगाउनमा सोखिन छन् भने उनीहरूले यो रुचि बदलेकै राम्रो । उनीहरूले बुवा बन्नुभन्दा केही समय अघिदेखि खुकुलो भित्री पहिरन लगाउन थाल्नुपर्छ ।'