दलाल विरुद्ध मोर्चाबन्दी'

काभ्रे, भाद्र ३ - नेकपा-माओवादीका महासचिव रामबहादुर थापा 'बादल' ले पुष्पकमल दाहालले नेतृत्व गरेको एनेकपा माओवादीलाई दलालको संज्ञा दिँदै त्यसको विरुद्धमा राष्ट्रवादी, वामपन्थी र लोकतन्त्रवादी मिल
ेर मोर्चाबन्दी गर्नुपर्ने बताएका छन् । उनले बाबुराम भट्टराईको सरकार कठपुलती, भष्ट्र र दलाल भएको आरोप लगाए ।

आइतबार धुलिखेलमा नेकपा-माओवादीको जिल्ला सम्पर्क कार्यालय उद्‍घाटन गर्दै उनले त्यही मोर्चाले राष्ट्रिय सहमतिको सरकार बनाउनका लागि भट्टराई सरकारलाई अपदस्त गर्नुपर्ने जनाए ।

'हामी फुटेका होइनौ' उनले भने 'उनीहरू फुटेका हुन् । हामी पुरानै माओवादीमा छौं ।' दाहालले नेतृत्व गरेका माओवादी ठेकेदार र दलालको पछाडि लागेको उनले आरोप लगाए । 'दलालको विरुद्धमा हामी लाग्नै पर्दछ' उनले भने 'त्यसका लागि मोर्चा जरुरी रहेको छ ।'

महासचिव थापाले दलाल र भष्ट्र सरकारको अधिनमा कुनै निर्वाचन र निकास निस्कन नसक्ने ठोकुवा गरे । 'निर्वाचनको घोषणा नौटङकी मात्रै हो' उनले भने 'दलाल र भष्ट्र सरकारले गरेको निर्वाचन ज्ञानेन्द्रले गराएको जस्तो निर्वाचन मात्रै हुन्छ ।'
माओवादीका अध्यक्ष पुष्पकमल दाहालले २५ वर्षसम्म सरकार चलाउँछौ भन्नु तानाशाही विचार भएको प्रष्ट्याए । '२५ वर्ष सम्म छोड्दैनौं भन्नु तानाशाही विचार हो' उनले भने 'यदि यस्तै हो भने विश्वमा तानाशाहको कस्तो हालत भएको थियो । त्यो बुझे हुन्छ ।'