केन्पोकाईमा सुष्माले जितिन् कांस्य
![]() |
हामामाचु, श्रावण २९ - अन्तर्राष्ट्रियस्तरको जापान-नेपाल केन्पोकाई मैत्रीपूर्ण खेल-२०१२ मा नेपालका तर्फबाट प्रतिनिधित्व गरेकी सुष्मा गुरुङले कांस्य पदक जितेकी छन् । जापानको हामामाचु सहरमा साउन २०-२२ गतेसम्म सञ्चालित प्रतियोगितामा कांस्यपदक हात पार्दै नेपालबाट प्रतिनिधित्व गरेका ६ खेलाडी आइतबार स्वदेश फर्केका हुन् । अन्तर्राष्ट्रिय केन्पोकाई महासंघको आयोजनामा भएको प्रतियोगितामा नेपालले दोस्रोपटक सहभागिता जनाएकामा पहिलोपटक तेस्रो स्थान हात पार्यो ।
राष्ट्रिय कराँतेमा थुप्रैपटक विजेता बनेकी खेलाडीले ५५ केजी तौलमा नेपालको साख जोगाएकी हुन् । उनले प्रतियोगितामा दोस्रो स्थान जमाएकी जापानकी मात्सु रिनासँग प्रतिस्पर्धा गरेकी थिइन् । नेपालको तर्फबाट प्रशिक्षकका रूपमा कराँतेका एसियाली रेप|mी फत्तबहादुर गुरुङ र खेलाडी देवेन्द्र बानियाँ, कर्मा लामा र भूपेन्द्र गोलेले पनि सहभागिता जनाएका थिए । देवेन्द्र र गोले प्रतियोगितामा पराजित भए । प्रत्येक अगस्टको पहिलो साता हुने प्रतियोगितामा नेपालले अघिल्लो वर्ष भाग लिए पनि कुनै स्थान हासिल गर्न सकेको थिएन । अघिल्लो वर्षको प्रतियोगितामा उत्कृष्ट खेलाडी घोषित भएका गोले यसपटक पदकविहीन बने । फुल कन्ट्रयाकका रूपमा खेलाइएको खेलमा चार वर्ष उमेर समूह जुनियर, सिनियर र खुला गरी १ सय ४० खेलाडी सहभागी थिए ।
प्रतियोगितामा जापानमा भएको २००७ र २०१० वल्र्ड च्याम्पियनसिपका विजेता ओहासी तादायुकी नै च्याम्पियन बने । त्यस्तै महिलातर्फ जापानकै तामु राजाकी नेने च्याम्पियन बनिन् । बढी प्रहार गरेर खेलिने यो खेल जापानको परम्परागत खेलका रूपमा चिनिन्छ । जापानलगायत युरोपेली मुलुकमा प्रचलित यो खेल जापानका चियाकी ओआसीले स्थापना गरेका हुन् । अन्तर्राष्ट्रिय क्याम्पोकाई महासंघका संस्थापक अध्यक्षसमेत रहेका ओआसीले तीन दशकदेखि यो खेलको नियमित रूपमा अन्तर्राष्ट्रिय प्रतियोगिता गर्दै आएका छन् ।
![]() |