मनिषा कोइरालाले रद्ध गरिन् जन्मदिनको पार्टी
|
बलिउडकी नायिका मनिषा कोइरालाले आफ्नो ४२ औँ जन्मदिनमा गर्ने भनेको पार्टी रद्ध गरेकी छिन् । भारतीय संचार माध्यमहरुका अनुसार आफ्ना गुरु, असल मित्र तथा बिजनेस पार्टनर अशोक मेहेताको निधन भएका कारण उनले जन्मदिनको खुसीयालीमा आयोजना गर्न लागेको बर्थडे पार्टी क्यान्सिल गरेकी हुन् ।
‘मेरो प्यारो साथी तथा गडफादर अशोक मेहेताको दुखद निधनका कारण मेरो बर्थडे पार्टी रद्ध भएको छ, उहाँको आत्माले शान्ति पाओस्,’ मनिषाले भनेकी छिन् ।
मनिषा कोइरालाले सिनेकर्मी अशोक मेहेतासँग विभिन्न बलिउड फिल्ममा काम गरेकी छिन् । साथै फिल्म तथा विज्ञापन शुटिङ गर्ने एक कम्पनीमा यी दुइको लगानी थियो ।
सन् १९७० को अगष्ट २६ मा जन्मिएकी नेपाली चेली मनिषा कोइरालाले धेरै बलिउड फिल्ममा अभिनय गरेकी छिन् । पति सम्राट दाहालसँगको सम्बन्धविच्छेदपछि उनी आफ्नो कर्मथलो मुम्बइमा बस्दै आएकी छिन् । उनले यो पाला आफ्नो ४२ औँ जन्मदिनका दिन साथीहरु ज्याकी स्रोफ, विवेक मुसरन, टाबु तथा डिजाइनर अना सिंह तथा शाहिद आमिर लगायतलाई बोलाएर भव्य पार्टी दिने योजना बनाएकी थिइन् ।