गर्भावस्थाको वान्ता रोक्न मुखमैथुन

पेटमा गर्भ बसेको बेला गर्भवती महिलालाई बिहानपख वाकवाकी लाग्ने तथा रिँगटा आउने हुन्छ । कतिपय महिलालाई त खाना खाने बित्तिकै जुनसुकै बेला पनि वान्ता हुने समस्या रहन्छ । वान्ता हुने समस्या समाधान गर्न वान्ता रोक्ने औषधि खानु झन हानिकारक हुने डरले गर्भवती महिलाहरु नखाइनखाइकन बस्छन् । जसले अन्ततः आमा र पेटको बच्चा दुबैलाई कुपोषित बनाउने खतरा हुन्छ । पेटमा गर्भ रहेको बेला महिलालाई वान्ता हुनु सामान्य प्रक्रिया हो तर कहिलेकाहीँ वान्ताको दर निकै बढि हुन्छ । गर्भावस्थाको बेला हुने वान्ता अर्थात् बिहानी बिमारका कारण धेरै महिला चिन्तित हुन्छन् । तरपनि यसको पूर्ण समाधान भने भेटिन सकेको छैन । हालैको एक अध्ययनले एक अनौठो तथ्य पत्ता लगाएको छ । गर्भवती महिला यौनक्रिडा गर्दा मुखमैथुनमा संलग्न भएमा यस्तो वान्ता हुने समस्या कम हुने अध्ययनको निष्कर्ष छ ।
अमेरिकाको एल्बानी विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार मुखमैथुन गरेर आफ्नो श्रीमानको विर्य नियमित रुपमा सेवन गर्ने महिलालाई गर्भावस्थामा वान्ता हुने समस्या कम हुन्छ ।
वास्तवमा यस्तो वान्ता हुने समस्या महिलाको सरीरमा गर्भाधानका बेला प्रवेश गर्ने विर्यकै कारण उत्पन्न हुन्छ । त्यसैले पाठेघरमा प्रवेश गर्ने त्यस्तो विर्यबाट उत्पन्न हुने साइड इफेक्टलाई निस्तेज गर्न महिलाले मुखमैथुनमार्फत सेवन गर्ने विर्य कामयावी हुने उनीहरुको तर्क छ ।
मुखमैथुन गर्ने तथा विर्यपानले महिलाहरुमा तनाव पनि कम हुने बताइएको छ । तर यसको लागि सुरक्षित मैथुन वा यौनस्वास्थ्यमा अत्यन्तै ध्यान पूराउनुपर्ने हुन्छ ता की यसका कारण अरु सरुवा यौनरोग नलागोस् ।

-onlinekhabar