उपेन्द्रले स्वीकारे आफ्ना १० गल्ती

२ भदौ, काठमाण्डौं । मधेशी जनाधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादबले आफुले गरेका १० ओटा कमीकमजोरीका कारण राष्ट्रिय र क्षेत्रीय राजनीतिमा पछि परेको बताएका छन् । उनले भने राजनीति जीवनमा कुनै कमीकमजोरी हुँदै हुँदैनन भन्ने होइन् तर यसबाट सिक्ने अवसर पनि मिलेको छ ।
नयाँ पत्रिकासँगको कुराकानीमा यादबले कम्युनिस्ट आन्दोलनलाई बेलैमा बुझ्न नसक्नु आफ्नो पहिलो कमजोरी रेहेको बताए । कम्युनिस्ट आन्दोलन किसान मजदुरको अधिकार प्राप्तिका लागि भन्ने लागेपनि त्यो आन्दोलन त आफ्नै लागि मात्र रहेछ भन्ने कुरा पछि मात्र थाहा पाउँदा लामो समयसम्म गल्ती गरेको बताए ।
त्यसैगरी आफुले गठन गरेको मधेशी जनअधिकार फोरममा जथाभावि राजनैतिक नियुक्त गर्दा भ्रष्ट र चरित्र हिन मान्छे पाटीमा आएको र त्यसले आफ्नो पनि बदनाम गरेको बताए । आफ्नो पाटीमा आउँछु भन्नेलाई ठाउँ दिनु फोहोर संकलन गर्नु रहेछ, जसले गर्दा पार्टीलाई घाटा भयो । खराब चरित्र र पृष्ठभूमिका पार्टीमा आउन दिनु आफ्नो दोस्रो गल्ती भएको यादबले स्वीकार गरे ।
मधेशका जनताको अधिकार स्थापित गर्न आफु लागेपनि मधेशको आन्दोलनमा कुनै सहभागीता नजनाएका व्यक्तिहरुलाई जिम्मेवारी दिएर आफुले तेस्रो गल्ती गरेको यादबले बताए । संधिवानसभाको निर्वाचनमा जनताले तिरस्कार गरेका नेतालाई टिकट दिएर भुल्नै नसक्ने गल्ती गरेको उनको भनाई छ ।
त्यसैगरी भ्रष्ट र बदनाम गर्नेहरुको सुधार गर्ने प्रयास गरेर अर्को गल्ती गरेको यादबले बताए । उनीहरुले गरेको गल्ती बराबरको सजाय गरेको वा पार्टीबाट निस्कासन गरेको भए समस्या समाधान हुने भएपनि उनीहरुको चरित्र सुधारमा लागेकाले चौथो गल्ती भएको उनले दोहोर्‍याए ।
सरकारमा जाने हतारोले पाँचौ गल्ती भएको उनको ठम्याई छ । सरकारमा नगए हामं्रो अस्तित्व नै समाप्त हुन्छ भन्ने मत पार्टीमा थियो । त्यसलाई मैले निरुत्साहित गर्न नसक्दा आफुहरु निकम्वा भएको यादबको भनाई छ । सरकारमा गएपनि आफ्नो उद्देश्य पुरा नभएको उनको ठहर छ ।
धेरै नेताको महत्वकांक्ष पुरा गर्न नसकेर अर्को गल्ती गरेको उनले स्वीकार गरे पार्टी विभाजनमा पैसा र पदबाट किन्न सकिएन । सवै नेताहरुको महत्वाकांक्षालाई गलत ढंगले पुरा गर्न सकिएन । ‘तिमलाई मन्त्री बनाईदिन्छु, काठमाण्डौंमा घर बनाईदिन्छु, जस्ता पद र पैसा दिने आश्वासन दिन सकिन,’ उनले भने ।
सरकारसँग भएका सम्झौता कार्यान्वय गराउन नसक्नु सातौ कमजोरी भएको अध्यक्ष यादबको भनाई छ । मधेशमा दुई ओटा महत्वपूर्ण आन्दोलन भयो । आन्दोलनका क्रममा सरकार मधेशी जनतासँग झुक्यो र आठ बुँदे तथा १२ बुँदे सहमति भएपनि त्यसको कार्यान्वयन नभएको र कार्यान्वयन गराउन नसक्नु आफ्नो कमजोरी भएको उनले बताए । सरकारले आफुहरुलाई धोका दिएको र सरकारको विश्वास गर्नु कमजोरी भएको उनको भनाई छ ।
गलत मान्छे समेटेर लोकतान्त्रिक मधेशी मोर्चा बनाएर अर्को गल्ती गरेको यादबले बताए । मधेशी जनताको अधिकारको लागि भन्दै मोर्चा गठन गरिएपनि मोर्चाले मधेशी जनताको हक अधिकार रक्षको लागी कुनै काम गर्न नसकेको बताए ।
संघीयतासहितको संविधान बनाउन उचित ध्यान नदिएर नवौं गल्ती गरेको उनको ठहर छ । शोषित, पीडित र उत्पीडनमा परेका जनताका लागि संघीयतासहितको संविधान सबैभन्दा बढी आवश्यक छ भन्दै यादबले संघीयता सहितको संविधानका लागि आन्दोलन गर्नुपर्ने स्थितिलाई बुझ्न नसक्नु कमजोरी भएको बताए ।
र गलत विचार लिएका गलत मान्छेलाई चिन्न नसकेर अर्को गल्ती गरेको उनले बताए । राजनीतिमा व्यक्तिको विचार, उसको चरित्र र पृष्टभुमिलाई पनि ख्याल गर्नुपर्दो रहेछ । भ्रष्ट पृष्ठभूमी, गलत विचार र गलत व्यक्तिलाई जम्मा गरेर कुनै पनि ठाउँमा पुग्न सकिँदो रहेनछ भन्ने महसुश भएको छ । उनले भने त्यस्ता विचार, चरित्र र पृष्ठभूमिका मानिसलाई चिन्न नसक्नु नै कमजोरी भयो ।

-onlinekhabar