नवलपरासीको सीमावर्ती गाविसमा बम विस्फोट
![]() |
नवलपरासी, साउन २ – नवलपरासीको सीमावर्ती गाविस गेर्मीमा तराईको भूमिगत एक समूहले सोमबारराती बम विस्फोट गराएको छ । गाविस भवनको कम्पाउण्डमा गराइएको विस्फोटमा कुकर बमको प्रयोग गरिएको प्रहरीले जनाएको छ । विस्फोटबाट मानवीय तथा भौतिक क्षति भएको छैन ।
घटनास्थलमा राजन प्रताप अध्यक्ष रहेको तराई मुक्ति टाईगर पार्टीको पर्चा भेटिएको छ । पर्चामा सरकार विरोधी नाराहरु लेखिएको र पार्टी मधेश मुक्तिका लागि विद्रोहको थालनी गरेको दावी गरिएको छ । घटनास्थल नवलपरासीको सदरमुकाम परासीबाट करिब १० किलोमिटर दक्षिणमा पर्दछ ।
![]() |