'दाहालको आँखामा राष्ट्रपतिको कुर्सीबाहेक केही छैन'
|
मन्थली, श्रावण ८ - कांग्रेसका केन्द्रीय सदस्य मीनेन्द्र रिजालले राष्ट्रिय सहमति गरी विश्वसनीय सरकार बनाएर नयाँ निर्वाचनमा जानुपर्ने बताएका छन् ।
माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र कामचलाउ प्रधानमन्त्री बाबुराम भट्टराई मुलुकलाई अरु वर्वाद पार्नका लागि सहमतिमा आउन तयार नभएको दाबी गर्दै रिजालले भने त्यसो भइरह्यो भने नेपाली नागरिकले वाध्य भएर संघर्षमा जानुको विकल्प छैन ।
सोमबार रामेछापको मन्थलीमा रामेछाप बीपी कोइराला प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा बोल्दै रिजालले माओवादीकै कारण संविधानसभाले चार वर्षसम्मको अवधिमा संविधान जारी गर्न नसकेको आरोप लगाए । माओवादी अध्यक्ष दाहालको आँखा मुलुकका लागि नभै राष्ट्रपतिको कुर्चीमा पुगेकाले मुलुकले यो दुर्दशा भोग्नुपरेको उनले बताए ।
माओवादीले सेना समायोजन गर्न नदिएर मुलुकलाई चार वर्षसम्म वर्वाद पारेको रिजालले बताए । सेनालाई माध्यम बनाएर उनीहरूका नाममा राज्यले दिएको ठूलो रकम माओवादीमा पार्टीमा ल्याएको बताउँदै रिजालले भने- माओवादीले समायोजनमा जाने आफ्नै सेनाको भाग्य र भविष्य माथि पनि खेलबाड गरिरहेको छ ।
रिजाले बाबुराम सरकारले संविधानसभाको नयाँ निर्वाचन गराउने वहाना निकालेर सत्तामा टिकिराख्ने दाउमात्र रचेको दाबी गरे । सरकारले निर्वाचन गराउन नभई सत्तामा बसिरहनका लागि संविधानसभाको नाटक मञ्चन गरेको छ रिजाले भने यस्तो निर्वाचनको नाटक सर्वसत्तावादी राजा ज्ञानेन्द्रले पनि गरेका थिए । उनले पुरानो संविधानसभा ब्युँताउने कुरालाई अर्थहीन भएको बताए । यही परिस्थितिमा पुरानो संविधानसभा ब्युताउने कुरा हुनै सक्दैन रिजाले भने ।
source-ekantipur