एप्पलले सामसुङ ग्यालेक्सीको प्रचार गर्नुपर्ने !
![]() |
बिक्रिमा कडा टक्कर दिइरहेको सामसुङको ग्यालेक्सी ट्यावलेट रोक्ने प्रयासमा रहेको अमेरिकी कम्पनी एप्पलले अब उल्टै ग्यालेक्सीको प्रचार गर्नु भएको भएको छ । सामसुङले एप्पलको आइप्याडको नक्कल गरेको छैन भन्दै एप्पलले प्रचार गर्नुपर्ने छ । ब्लूमबर्ग समाचार एजेन्सीका अनुसार बेलायतका एक न्यायाधीशले एप्पललाई आफ्नो वेबसाइट र अखवार तथा पत्रपत्रिकामा प्रतिद्धन्द्धी कम्पनी सामसुङले एप्पलको आइप्याडको नक्कल नगरेको भनेर सूचना छाप्न आदेश दिएका छन, त्यो पनि ६ महिनासम्म । एप्पलको तर्फबाट जारी गरिने सूचनामा अदालती प्रक्रिया उल्लेख हुनु पर्ने र त्यसबाट सामसुङको छविमा पुगेको नोक्सानमा सुधार हुने खालको हुनु पर्ने भनिएको छ ।
डिजाइन सम्वन्धी अधिकार उल्लंघन गरेको भन्ने एप्पलको आरोपमाथि रोक लगाउन सामसुङले गरेको आग्रहलाई भने अदालतले अस्वीकार गरिदिएको छ । तर अदालतको फैसला गलत छ भनेर उल्लेख गर्ने अधिकार एप्पललाई रहेको फैसलामा भनिएको छ । फैसलाबारे एप्पलको आधिकारिक टिप्पणी आएको छैन । सामसुङले भने यदि एप्पलले सामान्य डिजाइनका आधारमा मुद्धा चलाउने क्रम जारी राखे प्रविधीको क्षेत्रमा केही नयाँ गर्ने प्रयासमा धक्का लाग्ने र उपभोक्ताहरुले हाल रहेकै विकल्पमा चिक्त बुझाउनुपर्ने बताएको छ । बौद्धिक सम्पक्ति चोरीको विषयलाई लिएर एप्पल र सामसुङबीच विभिन्न देशमा मुद्धा चलिरहेको छ ।
source-onlinekhabar