नायिका जिया र निर्माता अर्जुनवीच भनाभन

चलचित्र एटीएमकी नायिका जिया केसी र चपली हाईटका निर्माता अर्जुन कुमारवीच भनाभन भएको छ । काठमाण्डौको सीटी सेन्टरमा उनीहरुवीच भनाभन भएको वुझिएको छ । सीटी सेन्टरमा पुगेका अर्जुनलाई त्यँही रहेका नायिकाद्धय जिया केसी र सोनिया शर्माले परिचय गरेपछि उनीहरुको वोलचाल भएको थियो । जियाले तपाइलाई कतै देखेजस्तो लाग्यो भनेर अर्जुनसँग वोलचाल सुरु गरेकी थिईन् । अजुनले आफु चपली हाईटको निर्माता भएको वताएपछि उनीहरुको वोलचाल आरम्भ भएको थियो ।
कुराकानीकै क्रममा चलचित्र एटीएमको कुरा निस्किएपछि, जियाले आफुहरुले एटीएममा चपली हाईटको नै फलो गरेको वताएपछि अर्जुन केही आक्रोशमा आएको वुझिएको छ । यसपछि अर्जुनले उनीहरुलाई सिनेमाको वारेमा वुझाएका थिए । जियाले आफुहरुले राम्रो सिनेमामा अभिनय गरेपनि प्रचार गलत तरिकाले भएको वताएकी थिईन् । अर्जुनले भने चपली हाईट र एटीएमवीच धेरै नै अन्तर रहेको वताउँदै तुलना नगर्न भनेका थिए ।
उनले चपली हाईटको फलो गरेको भनेर नसोच्न समेत जियालाई भनेका थिए । अर्जुनले चपली हाईटको वारेमा पाठ पठाएपछि वल्ल यि दुई नायिकाले यो सिनेमा पारिवारिक भएको वताएका थिए । जियाले एटीएममा नायकले आफ्नो स्तन समातेको दृश्य जानी-जानी कैद नगरेको भन्दै, यो अकस्मात भएको स्पष्टीकरण दिएकी थिईन् । यसरी, चपली हाईटलाई पनि दुई नायिकाले एटीएमसँग दाज्न खोजेपछि अर्जुनको रिसको पारो चढेको थियो । चपली हाईट २०६८ सालकै सर्वाधिक हिट सिनेमा भित्र पर्छ भने एटीएम रिलीजमा आएको छैन । तर रिलीजमा आउनु अघि नै यसको दृश्य र संवादका कारण यो सिनेमाको चर्को आलोचना भएको छ ।

source-onlinekhabar