धुवाँमा हराए आर्यन र निशा

भदौ २२ गतेबाट काठमाण्डौ र २९ गतेवाट काठमाण्डौबाहिर प्रर्दशनमा आउन लागेको चलचित्र धुवाँको फस्ट लुक सार्वजनिक गरिएको छ जहाँ धुवाभित्र कलाकारहरु उडिरहेको देख्न सकिन्छ ।
आर्यन सिग्देल र निशा अधिकारीले अभिनय गरेको यो चलचित्रको फस्ट लुकमा यि दुवै कलाकारलाई चिन्न मुश्किल पर्छ । आम नेपाली सिनेमाको पोष्टर भन्दा केही फरक लाग्ने धुवाको पोष्टरले पनि दर्शकलाई लोभ्याउन सक्छ । रामप्रसाद रिजालको निर्माणमा लक्ष्मण रिजालले निर्देशन गरेको यो सिनेमालाई आर्यनको करिअरकै ‘टर्निङ पोईन्ट’ भनिएको छ ।
आर्यनले पनि धुवाँबाट धेरै आश गरेका छन् । रामेश्वर कार्कीको छायांकनमा तयार भएको यो सिनेमाको सम्पादन विपिन मल्लले गरेका हुन् । चलचित्र धुवाँले लागुपदार्थ दुव्र्यसनिको कथावस्तुलाई उठान गरेको छ । आर.एन्ड आर प्रोडक्शनको व्यानरमा तयार भएको यो सिनेमाको फस्ट लुक्स यस्तो छ ।


source-onlinekhabar