भारतसँगको विप्पा सम्झौता सच्याउनुपर्छः प्रकाश
|
८ साउन, काठमाडौं । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ प्रकासले विप्पा सहितका गरेका राष्ट्रिय स्वाधिनतामा असर पार्ने सबै सन्धी सम्झौता सच्याउनु पर्ने बताउनु भएको छ । सरकारमा आफू रहेपनि बिप्पा सम्झौताबारे प्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग गम्भीर मतभेद रहेको उहाँको भनाई छ ।
रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा श्रेष्ठले विप्पा सम्झौताको विषयमा आफूले मन्त्रिपरिषदको बैठक र भारतीय प्रधानमन्त्री डा. मनमोहन सिहंसँगको दुई पक्षीय वार्तामा समेत असहमति प्रकट गरिसकेको जानकारी दिनुभयो । ‘विप्पा सम्झौता करेक्सन गर्नै पर्छ । प्रधानमन्त्रीले पार्टीभित्र र बाहिर सहमति नगरी गरेको कारणले यो सम्झौतालाई पुनरावलोकन गर्नै पर्छ’ उहाँले भन्नुभयो-’राष्ट्रिय स्वाधिनताको प्रर्वद्धन र रक्षा गर्ने विषयमा पार्टीभित्र म र बाबुरामजीवीच गंभिर मतभेद छ । जुन जुन निर्णय र नीतिले राष्ट्रिय स्वाधिनतामा असर परेको छ, त्यसको विरोधमा म उभिन्छु ।’

माओवादी उपाध्यक्ष समेत रहेका श्रेष्ठले पार्टीभित्र राष्ट्रिय स्वाधिनतालाई हेर्ने स्पष्ट धारणाको अभावमा विप्पा लगायतका राष्ट्रिय स्वाधिनता विरोधी सम्झौता भएको दावी गर्नुभयो । राष्ट्रिय स्वाधिनताको पक्षमा उभिनु कुनै पनि छिमेकी मुलुकको विपक्षामा उभिएको न ठहरिने उहाँको भनाई छ । पार्टीको सातौ विस्तारित बैठक अघि र पछि भारतलाई हेर्ने दृष्टिकोणमा कुनै परिवर्तन नभएको भन्दै उहाँले अब पार्टीले क्रान्तिलाई सम्पन्न गर्ने र राष्ट्रिय स्वाधिनताको पक्षमा कसैसँग सम्झौता नगर्ने स्पष्ट पार्नुभयो ।
संविधानसभा निर्वाचनका दलहरुवीच सहमति अनिवार्य भएको भन्दै उपप्रधानमन्त्री श्रेष्ठले सहमति विना निर्वाचन असम्भव रहेको बताउनु भयो । उहाँले भन्नुभयो-कांग्रेस र एमालेको सहमति विना निर्वाचन हुन सक्दैन । अहिलेसम्मको अवस्था हेर्दा निर्वाचनको मिति सर्छ । सहमति नभई निर्वाचनका लागि संविधान र ऐन कानुन संसोधन गर्न सकिदैन । अनि कसरी निर्वाचन हुन्छ ?’
प्रधानमन्त्रीले आफैले घोषणा गरेको निर्वाचनका लागि आवश्यक कानून संशोधनको प्रयत्न गर्नु उचितै भए पनि कांग्रेस र एमालेसँग सहमति नबनुन्जेलसम्म त्यो सम्भव नभएको उहाँले स्पष्ट पार्नुभयो ।
source-onlinekhabar
|