केटीको कारण नेपाली युवक डेढ महिनादेखि मलेशियाको जेलमा


२ साउन, दाङ । दाङमा घर भई धन कमाउन मलेशिया गएका एक युवक डेढ महिनादेखि क्वालालाम्पुर जेलमा छन् ।

दुई वर्ष अगाडी बैदेशिक रोजगारको शिलशिलामा मलेशिया गएका दाङ २ का गढवाका अक्तर अहमद उर्फ राजु मुसलवानलाई एक इण्डोनोशियन केटीले आफुसँग अवैध शारीरिक सम्बन्ध राखेको अभियोगमा जेल पठाएका छन् । करीव डेढ महिना अघिदेखि त्यहाँको जेलमा रहेका राजुलाइ आरोपि गरी फसाएपछि इण्डोनेशियन युवती अदालतका दुई वटा पेशीमा वादी पक्षबाट हाजिर नभएकोले मलेशियाको अदालतले २ लाख ५० हजार नेपाली रुपैयाँ धरौटी तोकी म्याद थप गरेको छ । नेपालमा रहेको परिवारले धरौटी रकम पठाउन नसक्दा राजु रिहा हुन नपाएका उनका परिचार स्रोतले जनाएको छ ।

उनले यसअघि कमाएको घर पठाएको रकमले ऋण तिरिसकेकाले धरौटी रकम नेपालबाट पठाउन नसकिएको राजुका वुवा अकवाल अहमदले बताए ।‘पैसा जुटाउन नसकेपछि छोरो बिदेशमै सड्नेभयो’– उनले रुँदै दुखेसो पोख्नुभयो– ‘धन कमाउन बिदेश गएको छोरा विदेशको जेलमा परेको खबर आएपछि हामी भीरबाट लडेजस्तै भएका छौं, अब छोरालाइ भेट्न पाइएला कि नपाइएला ?’