विकृत चाहनाले धेरैलाई डुबाएको छ


खिचापोखरीस्थित द कन्डम हाउसले सेक्स टोय भित्र्याएर नेपालमा कारोबार सुरु गर्दा त्यो आफैंमा एउटा सामाजिक क्रान्ति थियो। सेक्सका  बारेमा विस्तारै खुल्दै गएको गोप्य समाज भित्रभित्रै भने सेक्स टोयकै उपभोक्ता बनेर त्यसको व्यापार प्रवर्द्धनका लागि ठोस योगदान दिइरहेको  थियो। अक्सर सबैको जीवनमा महत्वपूर्ण भए पनि सेक्सलाई देखावटी रूपमा वर्जित मान्नेहरू पनि अहिले बिस्तारै बोल्न थालेका छन्।  यसलाई अति महत्व दिनेहरू पनि नेपाली समाजमा उत्तिकै छन्, तिनमा पनि पर्याप्त चेतनाको अभाव छ। थुप्रै उपचारात्मक समस्या पनि दे खेपछि कन्डम हाउसले केही समयअघिदेखि सेक्सोलोजी सेन्टर पनि सन्चालनमा ल्याएको छ। चिकित्सक एवं परामर्शदाताको सेवा उपलब्ध  गराउने यो सेन्टरमा सेक्ससम्बन्धी समस्याले पीडितहरू उपचारका लागि आउँछन्। सेक्सका अनेकन आयामका बारेमा अनुसन्धान गरेर से न्टरलाई सेक्सोलोजी अस्पतालमा परिणत गर्ने योजना यसका सञ्चालकको छ।  सेक्सोलोजी सेन्टर सञ्चालन गरेका न्यौपानेसंग साप्ताहिकका  विदुर खतिवडाले गरेको कुराकानीः

अति यौनचाहनाका कारण विचलित हुने व्यक्तिहरूका केस कत्तिका आएका छन् ?

नखोजिएको तर भयावह समस्या भएको विषय उठाउनुभयो, हामीले पनि सेक्सका क्लिनिकल समस्याहरू निराकरण गर्ने सोच राखेर सेक्सो लोजी क्लिनिक सञ्चालन गरेका हौं, तर अहिले व्यक्तिअनुसारको फरक किसिमका यौन चाहनाका थुप्रै समस्या आएका छन्। जुन बताएर साध्य  छैन, यो एउटा छुट्टै किसिमको अनुसन्धानको विषय रहेछ। उमेरको लामो ग्यापमा विवाह गर्दा कुनै एक साथी वृद्ध भए तन्नेरी श्रीमान् वा  तरुनी श्रीमती यौनचाहनाका कारण विचलनको बाटोमा जाने पनि देखिएको छ। 

यो समस्या युवाहरूमा कस्तो छ ?

युवाहरूमा पनि उत्तिकै छ, केही दिनअघि एक युवती श्रीमान्का साथ आएकी थिइन्। उनी सेक्सका बारेमा त्यति कुरा गर्न नचाहने तर त्यही  सेक्सको तीव्र चाहनाले गर्दा आफूलाई नियन्त्रण गर्न नसक्ने। तन्नेरी श्रीमान्ले श्रीमतीको इच्छा पूरा गर्न पर्याप्त प्रयास गरे पनि युवतीको  इच्छा शान्त हुँदो रहेनछ। यौनइच्छा शान्त पार्न युवतीले आफ्नो यौनाङ्ग खेलाउँदा-खेलाउँदै योनि र त्यसको वरिपरि थुप्रै घाउ भएको रहेछ,  जसलाई उपचारको आवश्यकता थियो। उनीहरूलाई यौनसम्बन्धी सही परामर्श पनि आवश्यक थियो।  

सेक्सलाई अति महत्त्व दिएर विचलनतर्फ उन्मुख हुने युवाहरूचाहिँ छैनन् ?

त्यो त अझ बढी छ, हामीले सेक्सोलोजी सेन्टर स्थापना गर्नुअगावैदेखि परामर्श दिने क्रममा उपचारका नाममा कृत्रिम प्रयोगका माध्यमले  गरिने लिंगको आकार बढाउने, स्तनको साइज घटाउने/बढाउने, उत्तेजना र लामो समयसम्म सेक्सको मज्जा लिन भियाग्राको प्रयोग रुचाउने,  यौनाङ्ग टाइट गर्नेजस्ता क्रियाकलाप नगर्न सल्लाह दिए पनि ती क्रियाकलाप गरेर त्यसका नकारात्मक असरहरूसहित उपचारका लागि  आउनेहरू पनि उत्तिकै छन्। उनीहरू तत्कालको आवेशमा आएर यस प्रकारका कृत्रिम माध्यम र उपचार प्रयोग गरेर लामो यौन जीवनलाई  छोट्याइरहेका हुन्छन्। सेक्सको तीव्र चाहना अर्थात् एकप्रकारको विचलनकै कारण उनीहरू कृत्रिम साधनमा बढी विश्वास गर्छन्। प्राकृतिक  ढंगमै पनि यौनजीवन रमाइलो बनाउन सकिन्छ, यदि त्यसबाट पनि रमाइलो भएन भने उपयुक्त उपचारविधिमा जाने प्रयास गर्नुपर्छ भन्ने  ज्ञानको अभावका कारण यस्तो भएको हो। 

यौनसम्पर्कका बारेमा नेपाली बुझाइ कस्तो छ त ?

खुल्न खोज्ने तर नसक्ने एकदमै संकुचित बुझाइ छ। यतिसम्म कि श्रीमान् र श्रीमती एक-अर्कासँग खुलेर कुरा गर्न संकोच मान्छन्। पुरु षप्रधान समाज भएकाले श्रीमान्को हकमा उसले आफ्नो चाहना पूरा गर्न बलजफ्ती गरेरै पनि सन्तुष्टि लिने प्रयास गर्छ तर श्रीमती  सन्तुष्टिको अभावमा पनि मौन रहन्छे।

तपाईंले बुझाइ कम भएको भन्नुभयो, तर यहाँ त धेरै बुझेर यौन विकृति बढिरहेको दृष्टान्त छ, के भन्नुहुन्छ ? 

त्यो पनि संकीर्णताकै उपज हो, यौन विकृति बढेको धेरै बुझाइको प्रभाव भनेर म मान्दिनँ, अनपढ वा अज्ञानी व्यक्तिमात्र विकृतिको बाटोमा  जान्छ। अचम्म त के भने श्रीमान् श्रीमतीबाट वा श्रीमती श्रीमान्बाट सन्तुष्ट नभैरहेको अवस्थामा उनीहरू त्यसको कारण पत्ता नलगाई वै कल्पिक बाटो खोज्छन्, श्रीमान् पहिलेदेखि नै बाहिर सम्बन्ध राख्न उद्यत रहन्छ, त्यसले यता श्रीमतीलाई त्यो बाटोमा जान बाध्य तुल्याइदिन्छ।  वास्तवमा यौनस्वास्थ्यमा ध्यान नदिएकाले उनीहरू आपसी यौन व्यवहारमा सन्तुष्ट हुँदैनन्। यदि यौन शिक्षा भएर सही स्वास्थ्य कायम राख्न  सक्ने हो भने यस्ता विकृति सायदै आउला। सेक्स एउटा कला हो, त्यसलाई पूरा गर्न यौन स्वास्थ्यमा ध्यान दिनैपर्छ। 

यौन स्वास्थ्यमा ध्यान दिने भनेर के भन्न खोज्नुभएको ?

यौनसम्पर्क राख्ने भनेको खाना खाने प्रक्रियाजस्तै हो। खाना खाएर अघाएको व्यक्ति तत्कालै फेरि खाना खान सक्दैन र रुचाउँदैन पनि। त्यसैले  नियमित जीवनशैलीमा स्वस्थ यौनसम्पर्क राखिसकेको अवस्थामा मानिसले आफ्नो यौनसाथीको विकल्प खोज्ने आवश्यकता हुँदैन। स्वास्थ्यमा  ध्यान दिने भनेको यौनजीवन रोमाञ्चक बनाउने हो। त्यसका लागि व्यक्तिले सही खानपानमा ध्यान दिनुपर्छ, त्यतिमात्र होइन, दैनिक शारीरिक  अभ्यास गर्ने, तन्दुरुस्ती आदिमा ध्यान दिने, जाँडरक्सी धेरै नखाने जस्ता कुराको ख्याल गर्नुपर्छ।

यौनसम्पर्क कस्तो किसिमको कला हो ?

अक्सर नेपाली समाजमा यौनसम्पर्क भन्नेबित्तिकै एकान्त स्थानमा जाने, लुगा खोल्ने अनि उत्तानो परेर अन्धाधुन्ध यौनक्रीडाको अभ्यास सुरु  गर्ने भन्ने छ। दुई अंग जोडिँदैमा यौनसम्पर्क हुन सक्दैन। प्राकृतिक रूपमै यौनक्रीडा गर्ने भनेपछि पुरुष उत्तेजित भैसक्छ, तर पाक्क्रीडापछि  मात्र महिलाहरू प्राकृतिक रूपमा उत्तेजित हुन्छन्। पाक्क्रीडा गरेर महिलालाई उत्तेजित बनाएपछि मात्र यौनसम्पर्क सुरु गर्नुपर्ने हो, त्यसका  लागि सबैभन्दा मुख्य कुरा संयम चाहिन्छ। संयमित ढंगले सम्पर्क गर्दा त्यसबाट दुवै पक्ष सन्तुष्ट हुन्छन् । 

कलात्मक भनेर कस्तो सम्पर्कको कुरा गर्नुभएको हो ?

मेरो बुझाइमा यौनसम्पर्क भनेको कला र संस्कृतिको आदानप्रदान हो। कला किनभने, कलात्मक हिसाबले यौनसम्पर्क गर्दा त्यसमा दुवै पक्षले  चरम आनन्द हासिल गर्छन्। विभिन्न आसनहरू वास्तवमा कलाका प्रतीक हुन्। सामान्य कुरा, आसन परिवर्तन गर्दा केही समय यौनसम्पर्कको  क्रम टुट्छ, यसले लामो समयसम्म सम्बन्ध राख्न मद्दत पुग्छ। अब आयो संस्कृतिको कुरा, हाम्रो संस्कृति यौनसम्बन्धका विषयमा परापूर्व कालदेखि नै अत्यन्तै धनी छ। पुरुषको लिंग समातेर योनिमा प्रवेश गराउन खोजेको, हस्तमैथुन, मुख मैथुन गरेको प्रमाण अहिलेपनि टुँडालह रूमा देख्न सकिन्छ। यो हाम्रो संस्कृतिको प्रकटीकरण हो। त्यसो भए यौनसम्बन्धलाई हामीले संस्कृतिसँगै जोड्ने त ? 

शिवलिंगमा पूजा गर्ने हामीलाई थाहा भएकै कुरा हो, शिवलिंग लिंग र योनि समागमको प्रतीक हो। लिंग-योनि पुजन पनि हाम्रो संस्कृति हो।  यी सबै कुरालाई व्यावहारिक रूपमै बुझेर अघि बढ्नु आवश्यक छ। आज हाम्रो समाज यौनका बारेमा ढोंगी छ, त्यस आधारमा हेर्दा त्यस  विषयमा बोल्नु उचित लाग्दैन, तर हाम्रो इतिहास खोतल्ने हो भने प्राचीन समाज धेरै आधुनिक छ, त्यहाँ उनीहरू पर्याप्त सन्तुष्टि लिन्थे भन्ने  यथेष्ट प्रमाण पाइन्छन्। कामसूत्र संस्कृतिको परिचायक हो, त्यसलाई विकृति मान्ने कि महत्त्वपूर्ण सम्पत्ति ?  

अनि युवती देख्नेबित्तिकै कामोत्तेजक हुनेहरूको संख्या बढ्नुमा चाहिँ कसको दोष देख्नुहुन्छ नि ?

युवती देख्दा कामवासना बढ्नु र त्यसलाई नियन्त्रण गर्न नसक्नु भनेको एकप्रकारको मानसिक समस्या पनि हो र त्यसको मुख्य कारण भनेको  यौन शिक्षाको कमी नै हो। हाम्रो समाजमा यौन शिक्षालाई सही ढंगमा नबुझाउँदा ठूलो समस्याका रूपमा एउटै घरभित्रका सदस्यहरूबीचमा  यौनकुण्ठा प्रकट भएको पाइन्छ, जसलाई दबाएर राखिएको छ। योभन्दा ठूलो विकृति के हुनसक्छ ? 

त्यसो भए बाबुआमाले छोराछोरीसँग यौनसम्पर्कका बारेमा खुलेर कुराकानी गर्नुपर्‍यो ?

सबैले भोगेको एउटा कुरा, जब प्रत्येक व्यक्तिले आफूलाई जान्न थाल्छ, उसको पहिलो जिज्ञासा भनेको म कसरी यो संसारमा आएँ भन्ने हुन्छ।  किशोर अवस्थामा पुगेपछि उसले यौनसंसर्गका कारण आफू जन्मिएको थाहा पाउँछ, अनि उसलाई यो अचम्मको चीजले हुटहुटी लगाउँछ। यदि  सानो उमेरमै बुबा आमाको विवाहपछि दुवैबीच हुने यौन क्रियाका माध्यमबाट आफू जन्मिएको हो भन्ने कुरा थाहा पाउने हो भने उसले त्यो  व्यवहारलाई आदरपूर्वक सम्मानजनक ढंगले बुझ्छ, तर नभनिदिँदा कुण्ठाले जरो गाड्न थाल्छ। यसलाई व्यावहारिक रूपमै बुझ्ने बुझाउने  प्रयास भएको भए यो सम्मानित कुरा हुन्थ्यो। दाजु-बहिनी, दिदी-भाइ, आमा-छोरा वा बाबु-छोरी जो-कोहीबीच विभिन्न विषयमा पर्याप्त  छलफल भए यो कुराका सबै पक्षका बारेमा व्यक्ति जानकार हुन्छ। 

तपाईं यौनशिक्षा यौनशिक्षा भनिरहनुभएको छ, यौन शिक्षा त उमेर पुगेपछि सबैले बुझेर नै भए पनि पाएकै हुन्छन् नि, यसको अभावमा विकृति बढेको भन्नुचाहिँ तर्कसंगत होला र ?

एउटा जंगली बाँदरलाई लौरो दिनुभयो भने त्यो बाँदरले त्यो लौरो या त हेरिरहन्छ, टोक्छ वा तपाईंमाथि नै प्रहार गर्छ तर सदाइएको बाँदरलाई त्यो लौरो देखाउनुभयो भने त्यसले लौरो लिएर कुशल खेल प्रदर्शन गर्छ। यौन शिक्षाको प्रभावको विषयलाई पनि मैले त्यही भएर जो डेको हो। पर्याप्त जानकारी पाइसकेको व्यक्ति कुनै पनि हालतमा गलत काम वा विकृतितर्फ उन्मुख हुन सक्दैन। कमसेकम यो कुरा जीवनमा  आवश्यक छ भन्ने हो भने यसका बारेमा आवश्यकसम्म खुलेर कुरा गर्दा के नै बिग्रन्छ र ? 

पश्चिमी समाजको अन्धाधुन्ध नक्कलले यौन विकृति बढेको पनि भनिन्छ नि ?

हो, हाम्रो समाज पश्चिमी सभ्यताको नक्कल गरिरहेको छ, तर पश्चिमी समाजलाई पनि निष्पक्ष भएर हेरौं न, त्यहाँ घरको सदस्यले घरभित्र  नै यौन विकृति जन्माउँदैन, कसैप्रति आकषिर्त भएकै आधारमा कामोत्तेजनाले ग्रस्त भएर गलत काम गर्दैनन्। कमसेकम पूर्ण रूपमै मानसिक  विचलन नभएसम्म त्यहाँ कुनै पनि बाबुले छोरीलाई बलात्कार गर्दैन। त्यहाँ उमेर पुगेपछि सम्मानजनक ढंगले यौन व्यवहार गरिन्छ। पश्चिमी  समाजमा एउटा उमेर समूह पार गरिसक्दा उनीहरूले यौन शिक्षा पाइसकेका हुन्छन्, त्यस्तो अवस्थामा आमाबाबुले नै छोराछोरीले पनि अब  यौनका बारेमा चासो राख्छन् भन्ने बुझिदिन्छन्। म जसरी यौन व्यवहार रुचाउँछु मेरा छोराछोरीले पनि अब त्यसको खोजी गर्छन् भन्ने  उनीहरूले बुझेका हुन्छन्। अझ उनीहरू त छोराले गर्लफ्रेन्ड र छोरीले ब्वाइफ्रेन्ड बनाउँछ कि बनाउँदैन भनेर हेर्छन्, यदि छोराछोरीले त्यसो  नगरे कतै गडबड पो छ कि भनेर सचेत हुन्छन् तर, यौन शिक्षाका यति धेरै सांस्कृतिक र ऐतिहासिक पक्ष भएको पूर्वीय सभ्यतामा चाहिँ  हामी किन ढोंगी भैरहेका छौं ?   

यौन शिक्षाले यौनसन्तुष्टि पनि दिन्छ त ?

एउटा अर्को उदाहरण, एउटा वयष्क अशिक्षित व्यक्तिलाई खाली कागजको पाना दिइयो भने उसले त्यसलाई सुर्ती खाने चुरका रूपमा प्रयोग  गर्छ, अनि त्यही कागज शिक्षित व्यक्तिलाई दिँदा उसले त्यसमा महत्त्वपूर्ण लेख लेख्न सक्छ। बीपीले जेल बस्दा लेख्ने कागज नपाएको मैले  पढेको थिएँ, मैले भन्न खोजेको कुरा अशिक्षित वयष्कले चुर खान खाली कागजको पाना सदुपयोग गरें भन्ने माने पनि त्यो दुरुपयोग हो,  उसले गरेको व्यवहार वास्तवमा शैक्षिक बलात्कार हो। जबकि शिक्षित वयष्कले प्राकृतिक र स्वाभाविक व्यवहार देखाएको हामी मान्छौं, यौन  शिक्षा पनि त्यही नै हो। यौन शिक्षाको अभावमा यहाँ शिक्षितहरू पनि बलात्कारमा सन्तुष्टि मान्छन्। यौनचाहना पूरा गर्ने नाममा के गर्न हुन्छ  के हुँदैन भन्नेतर्फ ध्यान दिइँदैन। यौन शिक्षालाई बहिष्कार गर्ने हाम्रो शिक्षा नीति नै विकृतिको जड हो। पश्चिमी समाजकै कुरा गरौं न,  उनीहरू शरीरका सबै अंगलाई स्वाभाविक रुपमा लिनुपर्छ भन्ने मान्छन्, हामी कसैको स्तन अलिकति देखिएमा त्यसको पूरा स्वरूप हेर्न पाए  हुन्थ्यो भनेर उत्सुक रहन्छौं। आखिर नाक कान भनेजस्तै स्तन, लिंग वा योनि स्वाभाविक अंग त हुन् नि। हामी छोप्छौं उनीहरू देखाउँछन्,  फरक यति मात्र हो। 

तपाईंको भनाइअनुसार त किन शरीर छोप्ने, देखाए भैहाल्यो नि होइन ?

मैले त्यसो पनि भनेको होइन, जसरी नाक कान देखिने अंगमा पर्छ र देख्दा कसैले केही प्रतिक्रिया दिदैनन्, त्यस्तै संवेदनशील अंगलाई पनि  सहज रूपमा लिने हो भने उत्सुकता राख्नुपर्ने आवश्यकता नै हुँदैन। इस्लामिक मुलुकमा महिलाले पूरै शरीर ढाक्ने पहिरन लगाउनैपर्छ, त्यहाँ  कुनै महिलाले अनुहार देखाउँदा ऊ वेश्या ठहरिन्छे, जबकि हाम्रो समाजमा अनुहार त खुल्लै रहन्छ, आजको नेपाली समाजमा संवेदनशील अंग  ढाकेर बाँकी जति देखाए पनि केही फरक पर्दैनअनि हामी नै भन्छौं- इस्लामिक समाज संकीर्ण, परम्परागत, पुरातनवादी सोचमै रुमल्लिरहेको  छ, कमसेकम हामी उनीहरूभन्दा आधुनिक छौं, अगाडि छौं, पश्चिमी समाज पनि हामीलाई देखेर यही नै सोच्छ। यता हाम्रो विश्लेषण भने  पश्चिमी समाज छाडा छ भन्ने छ, सुत्ने बेलामा त हामी नांगिन नै रुचाउँछौं, उनीहरू पनि आवश्यक समय, स्थानमा मात्र नांगिन्छन्। संवे दनशील अंगको इज्जत गर्न हामीभन्दा उनीहरू अगाडि छन्। 

अश्लील चलचित्रले पनि नेपाली समाजमा विकृति बढाउन भूमिका खेलेको छ नि होइन ?

मैले अश्लील चलचित्रको वकालत त गर्न खोजेको होइन, तर म तपाईंको यो कुरा स्वीकार गर्न तयार छैन। अश्लील चलचित्रले पश्चिमी र  पूर्वीय समाजको फ्युजन हो। हाम्रो संस्कृति भनेको कामसूत्रदेखि परापूर्वकालको यौन व्यवहार दर्शाउने टुँडालमा देखिने यौनव्यवहारको  भिज्युअल संस्करण हो अश्लील चलचित्र। यसबाट कला र अन्य विविध पक्षको ज्ञान मिल्छ। अश्लील चलचित्र हेर्दा लिंग र योनि समागममा  उत्तेजित मात्र हुन्छौं हामी, वास्तवमा भन्ने हो भने सबैजसो अश्लील चलचित्रमा युवकले कन्डम प्रयोग गरेर मात्र सम्बन्ध राखेको हुन्छ  भन्नेतर्फ ख्याल हुँदैन। यौन खेलौनासँगको सम्पर्क पनि देखाइन्छ, यौन खेलौना यौनसम्पर्कको चरम आनन्दका लागि कति उपयोगी छ भन्ने  कुरा त्यसले देखाउँछ। त्यस्तै गर्भवती महिलासँग कसरी यौनसम्बन्ध राख्ने भन्ने कुरा पनि देख्न सकिन्छ। चलचित्र भएकाले केही कुरा  अस्वाभाविक हुनसक्छन् । चलचित्रकै कुरा हुबहु आफ्नो जीवनमा लागू गराउन खोज्नु पनि दुस्साहस नै हो नि।  

नेपालीहरू यौनसम्बन्धी विषय सर्च गर्नेमा विश्वको दस राष्ट्रभित्र पर्छन्, यो पनि विकृति होइन ?

नेपाल कृषिप्रधान देश हो, यो देशका जनताले मकैखेतीका बारेमा यसरी सर्च गरेका भए अचम्म मान्नुपथ्र्यो, उनीहरू जन्मदै कृषक परिवारको  सदस्य भएकाले मकैबालीका बारेमा उनीहरूले जानकारी खोज्न आवश्यक मानेनन्, कुरा के भने जानेको बुझेको कुरामा मानिसहरू सामान्य  ढंगले खोजी गर्छन्, तर यहाँ १६ वर्ष पार गरिसक्दा पनि व्यक्तिलाई यौनसम्पर्कको विषयमा कुनै पनि जानकारी नदिएपछि गुगलमा यौन खोज्नु  बाध्यता नै हो।