ई-चुरोट पिउनुस्, स्वस्थ रहनुस्

३ साउन, काठमाडौ । 
स्वास्थ्यमा गम्भिर असर नपर्ने, तथा चुरोटको तल हटाउन सहयोग गर्ने इ-चुरोट नेपाली बजारमा पनि भित्रिएको छ । ओपल नेपालले भित्राएको ई- चुरोट नामक चुरोट बिजुलीमा रिचार्ज गरी हजारौ पटक सेवन गर्न सकिने संस्थाका अध्यक्ष डा. सञ्जय शाहले जानकारी दिएका छन् ।

साहका अनुसार ई-चुरोट चार्जेबल र नन चार्जेबल गरी दुई प्रकारका रहेका छन् । नन चार्जेबल ई-चुरोट पनि १५ सय पफ तान्न सकिने र चुरोट ५ सय पफ तान्न गरी दुई प्रकारका रहेका छन् । यी चुरोटको मुल्य क्रमश १६ सय र १५ सय रुपैया पर्छ भने चार्जेबल ई-चुरोटमा एक्स ३ र एक्स ४ मा उपलब्ध छ । जसको एउटा कार्टेजबाट क्रमश २५० र ५ सय पफ तान्न सकिन्छ । नेपाली बजारमा कार्टेज रेगुलर, मार्लबोरो, मेन्थोल, स्ट्रोबेरी, भेनिला, कफि र एप्पल फ्लेवरमा उपलब्ध छ ।

कार्टेजलाई हाई, मेडियम, लो र जिरो कन्सनटेसनमा प्रस्तुत गरिएको छ । जसलाई क्रमश प्रयोग गर्दै धुम्रपानको लत हटाउन सकिने अध्यक्ष साहले बताए । सामान्य चुरोटमा टार सहितका ४ हजार भन्दा बढी हानिकारक तत्व मिसाईने गरिएकोमा ई-चुरोटमा ईथानोल, प्रोपायल ग्लीसेरोल, निकोटिन सहितका २० वटा मानव स्वास्थ्यमा असर नपार्ने तत्वहरू मिसाइएका छन् । यी चुरोटले सामान्य चुरोटले जत्तिकै सन्तुष्टी दिने शाह बताउँछन् ।

उनले भने,'ई-चुरोट लाईफ सेभिङ डिभाईस हो । यो जता प्रयोग गरेपनि हुन्छ धुवा आउँछ तर मुखबाट निस्कनासाथ हराउँछ, त्यसले कसैलाई पनि असर पार्दैन ।