महिलामाझ तीनमहिने सुई लोकप्रिय
![]() |
झापा, साउन १ - काँकडभिट्टास्थित एक गैरसरकारी संस्थाको तथ्याङ्कले परिवार नियोजनका साधनमध्ये तीनमहिने सुई महिलामाझ सबैभन्दा लोकप्रिय भएको देखाएको छ ।
परिवार नियोजनसम्बन्धी सेवा प्रदान गर्दै आएको आदर्श समाजले गत ६ महिनामा दिएको सेवामध्ये तीनमहिने सुईका प्रयोगकर्ता बढी रहेको देखिएको छ ।

गत जनवरीदेखि जुनसम्मको ६ महिनामा एक हजार ४ सय ५८ महिलाले समाजको कार्यालयमै धाएर तीनमहिने सुई लिएका छन् । तीमध्ये एक हजार ९२ नियमित र ३६२ जना नयाँ सेवाग्राही हुन् ।
सोही अवधिमा परिवार नियोजनको अर्को अस्थायी साधन पिल्सका प्रयोगकर्ता ३२२ जना मात्र छन् । पुरुषले प्रयोग गर्ने अस्थायी साधन कन्डमका प्रयोगकर्ता एक हजारभन्दा बढी रहेको आदर्श समाजका प्रमुख युवराज पौडेलले जानकारी दिनुभयो ।
पूर्वीद्वार काँकडभिट्टामा रहेको समाजको कार्यालयमा आएर सेवा लिनेमा ४० प्रतिशत भारतीय रहेको तथ्याङ्कले देखाएको छ । अस्थायी साधन प्रयोग गर्नेमध्ये आदिवासी जनजाति २०, दलित १५, मुसलमान पाँच र बाहुनक्षत्री २० प्रतिशत रहेको कार्यालय प्रमुख पौडेलले बताउनुभयो ।
- रासस