२०६९ साल श्रावण ७ गते, आईतबार - 22 July 2012,Sun

मेष (चू चे चो ला ली लु ले लो अ)
कार्यलय वा कार्य क्षेत्रमा मान्-सम्मान बढ्नेछ। ठुला-बडा ब्याक्तीहरुबाट ईनाम मिल्ने देखिन्छ। कुनैपनी प्रतिस्प्रधात्मक काममा सफलता मिल्नेछ। समयको उचित ख्याल राख्नु पर्ने देखिन्छ। 

वृष (इ उ ए ‌ओ वा वी वु वे वो)
उच्च अधिकारीहरुबाट मान-सम्मान मिल्ने योग देखिन्छ। आमा-बुवा एवं गुरुजन सँग सम्बन्ध अती सुमधुर रहनेछ। तपाईंलाई आजको दिन निक्कै राम्रो साबित हुने देखिन्छ। 

मिथुन (का कि कु घ ङ छ के को हा)
तपाईंको मनमा आज अनावश्यक कुराहरु धेरै खेल्नेछन। कसै को लहै लहै मा नलाग्नु नै बेश देखिन्छ र झै-झगडाबाट परै बस्नुहोला। स्वास्थ्यमा केही गडबडी आउने देखिन्छ। आज तपाईंको निम्ती परिवार सँग समय बिताउदा नै राम्रो हुने देखिन्छ। 

कर्कट (ही हु हे हो डा डि डु डे डो)
आफन्त-जन सँग बिबाद हुन सक्छ साथै छिमेकी सँगको सम्बन्धमा केही चिसोपन आउने देखिन्छ। लेन्-देन तथा ब्यापार-ब्यवसायमा हानी हुने सम्भावना छ। परिवारको स्वास्थ्य स्थितीले केही तनाब बढाउनेछ। 

सिंह (मा मि मू मे मो टा टी टु टे)
यात्रा गर्ने अवसर मिल्नेछ तर कुनै उपलब्धी काम भने हुने देखिदैन। कुनै सामान्य बिषयलाई लिएर साथी-भाई सँग मन - मुटाब हुनसक्छ।बोलीलाई आफ्नो अधिनमा राखेर बातचित गर्नु बेश हुनेछ। 

कन्या (टो प पी पु ष ण ठ पे मो)
बिभिन्न क्षेत्रमा उतार-चढ़ावको सामना गर्नु पर्ने देखिन्छ। धैर्यताको बाध बलियो राख्नुहोला नत्र दुर्-घटना हुन सक्ने देखिन्छ तर तपाईंको आत्मा-बिश्वास र तपाईंको मेहनतले तपाईंलाई राम्रै फल दिलाउनेछ। परिवारमा केही घटना घट्न सक्नेछ । 

तुला (र री रु रे रो ता ती तू ते)
आज तपाईंको मन त्यसै त्यसै रमाइलो अनुभब गर्नेछ। कुनै नयाँ ब्याती साथै साथी भाई सँग यात्राको आनन्द पाउनु हुनेछ। परिवार बाट खुशीको खबर प्राप्त हुनेछ। 

वृश्चिक (तो ना नी न‍ू ने नो या यि यु)
आज तपाईंको हातमा निक्कै महत्वपूर्ण कामको जिम्मेवार आउनेछ। आफन्त सँगको सम्बन्ध अरु सुमधुर हुँदै जानेछ। कार्यालय वा कर्म क्षेत्रमा तपाईंको निक्कै प्रसंसा हुनेछ। 

धनु (य यो भा भी भू ध फा ढ भे)
आज धार्मिक कार्यमा मन जानेछ साथै आध्यात्मिक बिषयमा रूची बढ्नेछ। तपाईंलाई आज कामले निक्कै ब्यस्तता पनि बनाउनेछ ।परिवारको प्रिया पात्र बनिनेछ । 

मकर (जो जा जी खी खू खे खो गा गी)
साथी- भाई साथै नयाँ ब्याती सँग भनाभन हुनसक्नेछ। तर निरासपनलाई लत्याउन सकेको खन्डमा केही लभ्दायी काम बन्नेछ। परिवारबाट सास्ती खेप्नु पर्ने देखिन्छ।

कुम्भ (गू गे गो सा सी सु से सो द)
आज तपाईंको कला-कारीताको सबै क्षेत्रबाट प्रशंसा हुनेछ। तपाईंको जिम्मामा परेको काम सकुशल सँग सम्पन्न हुनेदेखिन्छ। मानसिक रूपले तपाईं आज अग्र पन्क्तीमा हुनेछ। खुशीको समाचार मिल्नेछ। 

मीन (दि दू थ भ ञ दे दो चा ची)
परिवार साथै छर-छिमेकीको सहयोग मिल्नेछ। राज-नैतीक क्षेत्रमा बढुवा मिल्ने देखिन्छ। जीवनसाथी वा प्रेमिकाको सुमधुर सम्बन्धले मन प्रसन्न हुनेछ।