मायालुलाई टुक्राटुक्रा पारी कालिगण्डकीमा फालियो"भिडियो सहित"


मुस्ताङ् कागवेनी स्थित पाङलिङका पेम्बा विष्टको हत्यामा संलग्नलाई कारवाही नभएको भन्दै स्थानीय बासिन्दाले जिल्ला प्रहरी कार्यालय मुस्ताङमा तोडफोड गरेका छन् । अज्ञात व्यक्तिहरुले अपहरण पछि हत्या गरी फालेको शव फेला पारेको १७ दिनसम्म पनि हत्यारा पत्ता लगाउन नसकेको भनी उनीहरु आक्रोसित भएका हुन । आन्दोलित स्थानीय बासीन्दाले घटनाको छानविनका लागि हस्ताक्षर सहित ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी इश्वर राज रेग्मीलाइ बुझाएका छन् । मृतक पेम्बाको शव टुक्राटुक्रा अवस्थामा जोमसोम गाविस स्थित कालीगण्डकीको किनारमा फालिएको अवस्थामा भेटिएको थियो । मृतकको पोष्टमार्टम गरी केही भाग परीक्षणका लागि काठमाडौं ल्याएको छ ।। घटनामा संलग्न रहेको उजुरीको आधारमा छमी विष्ट र लोप्साङ गुरुङलाई अनुसन्धानका लागि पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा केही दिन अगाडिदेखि राखिएको छ। प्रहरी निरीक्षक राजेन्द्र पोख्रेलका अनुसार उनले दुवै आरोपीको मोबाइल जफत गरी अनुसन्धानको प्रक्रियामा रहेको र स्थानीयको सहयोग भए छिट्टै सबुत प्रमाणसहित हत्यारा पत्ता लाग्ने बताए।
भिडियो हेर्नुहोस ..............