ट्रक दुर्घटनामा २ को मृत्यु


हेटौंडा, चैत ७ - मकवानपुरको आग्रा गाबिस वडा नम्बर ९ काभ्रेमा वुधवार ट्रक पल्टँदा दुई जनाको घटनास्थलमा नै ज्यान गएको छ । अन्य २ जना गम्भीर घाईते भएका छन् ।

बा २ ख ८३६९ नंम्बरको ट्रक सडकबाट एक सय मिटर तल खस्दा आग्रा गाबिस वडा नंम्बर ९ काभ्रे बस्ने १९ बर्षिय अमिर गोले र ३५ बर्षिय पशुपति मगरको घटनास्थलमा नै ज्यान गएको हो ।

दुर्घटनामा स्थानीय ४० बर्षिय रामचन्द्र मगर, १९ बर्षिय प्रकाश थिङ घाइते भएका प्रहरीले जनाएको छ ।

घाइतेहरुलाई उपचारका लागि काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।