एमाओवादीले उम्मेदवार छान्न समिति बनायो
![]() |
घोषणा पत्र बनाउने जिम्मा बाबुरामलाई
७ चैत, काठमाडौं । एकीकृत नेकपा माओवादीले आगामी असारमा कुनै पनि हालतमा संविधानसभा निर्वाचन गर्नु पर्ने भन्दै पार्टीका उम्मेदवार निर्धारण गर्न समिति गठन गरेको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय समितिको बैठकले उम्मेदवार निर्धारण गर्न महासचिव पोष्टबहादुर बोगटीको नेतृत्वमा ९ सदस्यीय समिति गठन गरेको हो । समितिमा गिरिराजमणि पोखरेल, वर्षमान पुन, शक्ति बस्नेत, लिलामणि पोखरेल, देवेन्द्र पौडेल, हिसिला यमी, हरिबोल गजुरेल र प्रभु साह सदस्य रहनु भएको छ ।
केन्द्रीय समितिको बैठकले निर्वाचन घोषणा पत्र तयार पार्ने जिम्मा उपाध्यक्ष डा. बाबुराम भट्टराई नेतृत्वको समितिलाई दिएको छ । ९ सदस्यीय समितिमा कृष्णबहादुर महरा, गोपाल किराती, विश्वभक्त दुलाल आहुती, लेखराज भटट, विश्वनाथ साह, डिल्लीराज खनाल, शशी श्रेष्ठ, धर्मदत्त देवकोटा रहनु भएको छ ।
बैठकले आगामी असारमा कुनै पनि हालतमा संविधानसभा निर्वाचन गर्ने भन्दै त्यसका लागि चौतफी दबाव दिने निर्णय गरेको छ । बैठक भोलि बिहीबार पनि बस्नेछ । माघ अन्तिम साता हेटौंडामा सम्पन्न महाधिवेशनपछि पहिलो पटक सुरु भएको बैठकले नेताहरुको कार्यविभाजन गर्नुका साथै चुनावी रणनीति तय गर्नेछ ।
![]() |