चट्याङबाट दुईको मृत्यु
![]() |
चौतारा, चैत ८ - मुसलधारे वर्षासँगै परेको चट्याङले सिन्धुपाल्चोकको सेलाङ गाविसमा आज दिउँसो दुई जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन्।
दिउँसो १ बजे परेको चट्याङबाट आफ्नै घरमा बसिरहेका सेलाङ-२ खस्रेका ३५ वर्षीया कुलकुमारी थापा र पाँच वर्षीया रञ्जिता थापाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयल सिन्धुपाल्चोकले जनाएको छ।
चट्याङबाट घाइते हुनेमा सोही वडाका २२ वर्षीया सावित्री थापा, ३५ वर्षीया पूर्णमाया थापा, १२ वर्षीय सुमन थापा, बतासे गाविस-९ का ८४ वर्षीय श्रीबहादुर थापा र सोही वडाका २४ वर्षीय रमेश थापा छन्।
सदरमुकामबाट घटनास्थल निकै टाढा रहेको र प्रतिकूल मौसमका कारण घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल चौतारा ल्याउन कठिनाइ भएको प्रहरीले जनाएको छ। रासस
![]() |