विद्यार्थी संगठनले क्याम्पस अघि धर्ना दिँदै
![]() |
८ चैत, काठमाण्डौं । संवैधानिक नियुक्तिका विषयमा आपत्ति जनाउँदै आएका विभिन्न ११ विद्यार्थी संगठनले आज देशभरका क्याम्पस अगाडी प्रदर्शन गरिरहेका छन् । स्वतन्त्र विद्यार्थी युनियनको चुनाव, सवारी साधनमा भएको मूल्य वृद्धि फिर्ता तथा पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान अयोगमा लोकमान सिंह कार्कीलाई नियुक्त गर्न लागेको विषयलाई लिएर आन्दोलन गरेको हो ।
विद्यार्थी संगठनले विहान ८ बजेदेखि १० बजेसम्म धर्ना तथा प्रदर्शन गर्ने नेविसंघका प्रवक्ता युपी लामिछानेले जानकारी दिनुभयो ।
![]() |