स्वस्थ रहन धेरै साथी
![]() |
एक अध्ययनले भनेको छ, उमेरले चालीस नाघेकाहरूले यथाशक्य धेरै साथी बनाउनुपर्छ । यसले गर्दा मानसिक स्वास्थ्य अवस्था कमजोर हुनबाट जोगिन्छ ।
यो अध्ययन प्रतिवेदन 'जर्नल अफ इपिडिमियोलजी एन्ड कम्युनिटी हेल्थ' मा प्रकाशित भएको हो । अनुसन्धानमा सन् १९५८ मा जन्मेका साढे ६ हजारभन्दा बढी बि्रटिसलाई सामेल गरिएको थियो । उनीहरूमाथि ४२, ४५ र ५० वर्षको फरक फरक उमेरमा अनुसन्धान गरिएको थियो । अध्ययन अनुसार जीवनको मध्येमा जति बढी साथी हुन्छ त्यति नै मानसिक स्वास्थ्य राम्रो रहेको देखिएको थियो । अध्ययन अनुसार ४५ वर्षको उमेरमा पनि यदि साथी कम छन् भने तपाईंको मानसिक स्वास्थ्य धेरै राम्रो रहँदैन । यसको विपरीत यो उमेरमा तपाईं साथीसँग रमझममा हुनुहुन्छ भने तपाईं लामो समय बाँच्नुहुन्छ ।
![]() |