संगीतले बच्चाको सिक्ने क्षमतामा वृद्धि



 वयस्क भएपछि मस्तिष्कको कार्यकुशलता र श्रवण क्षमतामा वृद्घि चाहनुहुन्छ भने तपाईं आफ्ना सन्तानलाई सानै उमेरदेखि केही समयका लागि भए पनि संगीत प्रशिक्षण दिँदा फाइदा हुने एक अध्ययनको दाबी छ । नर्थ वेस्टर्न विश्वविद्यालयमा गरिएको उक्त अध्ययन प्रतिवेदन 'जर्नल अफ न्युरो साइन्स' मा प्रकाशित छ । अध्ययनमा मस्तिष्कको विकासका लागि संगीत सहायकसिद्ध हुने बताइएको छ । संक्षिप्त समयको संगीत प्रशिक्षण र श्रवणले बुद्धि विकासमा मद्दत गर्छ ।
अनुसन्धानकर्ताले यदि केही वर्षपछि बच्चालाई संगीतमय वातावरणबाट अलग गरियो भने उक्त बच्चा वयस्क भएपछि उनीहरूको मस्तिष्कले जटिल ध्वनि पनि सजिलैसँग चिन्ने र बुझ्ने गरेको पाइएको दाबी गरेका छन् । अध्ययन अनुसार सांगीतिक शिक्षाले बच्चालाई राम्रो श्रोता बनाउन पनि सघाउँछ ।