अनुमति बिना चलेका कलेजको नालीबेली


 काठमाडौं, असोज १ - तपाइले टेलिभिजन, पत्रपत्रिका र इन्टरनेटमा कलेजहरुका झकि झकाउ बिज्ञापन पक्कै देख्नुभएको होला । त्यसरी देखाइएका बिज्ञापनमा  विदेशका विभिन्न विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेर विविए, एमविए, बिएस्सी, बिएचएम लगायतका कोर्ष पढाउने उल्लेख छ । तर त्यो विज्ञापनकै भर परेर तपाई ती कलेजमा अध्ययन गर्दै हुनुहुन्छ वा अध्ययन गर्ने सोचाईमा हुनुहुन्छ भने एक पटक सोच्नुहोस है ।
विदेशी विश्वबिद्यालयबाट सम्बन्धन लिएर यी बिषयहरु पढाउदै आएका छन् । तर ती कलेजले सरकारसँग अनुमति भने लिएका छैनन् । त्यसैले शिक्षा मन्त्रालयले यी कलेजहरुको दर्ता समेत खारेज गरी कारवाहीको तयारी गरेको छ । एउटा प्रोग्रामको अनुमति लिएर अरु प्रोगाम पढाएका ६६ वटा कलेजलाई कारवाही गरिने शिक्षा मन्त्रालयका प्रवक्ता जनार्दन नेपालले बताउनुभयो ।
त्यस्तै चोरबाटोबाट संचालनमा आएका थप कलेजलाई सरकारले बन्द नै गर्ने भएको छ । विदेशी संस्थाहरुसँग नाम वा काम जोडेर संचालनमा आएका कलेज पनि बन्द गर्ने तयारी भैरहेको शिक्षा मन्त्रालयका प्रवक्ता जर्नादन नेपालले बताउनुभयो । अनुमति बिना सञ्चालन भएका त्यस्ता कलेजले विद्यार्थीको भविष्यमा खेलवाड गरेका कारण खारेज गर्ने तयारी भएको उहाँले जानकारी दिनुभयो ।
काठमाडौंमा शिक्षा पत्रकार संजालले गरेको कार्यक्रममा प्रवक्ता शर्माले फोनिस ईन्टरनेशनल कलेज, नेशनल ईन्टरनेशनल कलेज, मिड भ्याली, स्काई लार्क कलेज लगायतलाई बन्द गरिने जानकारी दिनुभयो । उहाँले ६६ वटा कलेज अनुमति विना संचालन भएकाले त्यस्ता कलेजलाई तत्कालै बन्द गरिने बताउनुभयो ।    
अनुमति बेगर सञ्चालनमा रहेका कलेजको नामावली : काठमाडौंका फोनिक्स इन्टरनेसल कलेज बिजुलीबजार, एसेर इन्टरनेसनल कलेज लोकन्थली, गार्निस कलेज बसुन्धरा, मिडभ्याली कलेज मैतिदेवी र स्काइलार्क कलेज पुतलीसडक
शिक्षा मन्त्रालयको स्वीकृति बेगरको कोर्ष सञ्चालन गर्ने कलेज र उनीहरुले सञ्चालन गरेको कोर्षको नाम
लर्डबुद्ध एजुकेसन फाउन्डेसन : बिबिए,
किङ्स कलेज  : फ्लेक्जी– एमबिए, एमबिए इन्टर्नसीप,
इन्स्टिच्यूट अफ बैंकिङ एन्ड म्यानेजमेन्ट स्टडिज : अनुमति बिना ललितपुरमा नयाँ शाखा खोलेको
सफ्टवारिका कलेज अफ आइटी एन्ड इ–कमर्स : बिएस्सी र एमबिए,
दि ब्रिटिस कलेज : बिएस्सी कम्प्युटिङ, एमबिए र एक्जुकिटिभ एमबिए, इन्टरनेसनल म्यानेजमेन्ट,
सनवे इन्टरनेसनल बिजिनेस स्कुल : बिबिए,
पद्माश्री इन्टरनेसनल : बिएचएम, बिबिए र बिटेक
इन्टरनेसनल स्कुल अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजी : बिबिए, बिआइटी, बिएचएम र बिटिटिएम
इन्स्टिच्यूट अफ इन्टरनेसनल म्यानेजमेन्ट साइन्स : बिएस्सी आइटी, एमएस्सी आइटी
श्रोत : शिक्षा मन्त्रालय