कास्की जिल्ला प्रशासन कार्यालय ठप्प
![]() |
कास्की, आश्विन २ - पोखरामा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माणका दबाब दिने उद्देश्यले आव्हान गरिएको अनिश्चितकालिन सरकारी कार्यालय ठप्प पार्ने क्रमम मंगलबार आन्दोलनकारीले जिल्ला प्रशासन कार्यालय ठप्प पारेका छन् ।
बिहान ९ बजे देखि नै कार्यालय प्रवेशद्धारमा ब्यानर टागेर नाराजबाजी गदै आन्दोलनकारीले धर्ना दिएका छन् । प्रशासन कार्यालय घेराउ गरी बसेका आन्दोलनकारीका कारण कार्यालय सुनसान छ । प्रमुख जिल्ला अधिकारी लगायत कुनै पनि कर्मचारीलाई आन्दोलनकारीले कार्यालय प्रवेश गर्न दिएका छैनन ।
विमानस्थल निर्माणको प्रकृया थालनी गर, जालसाजी बन्द गर भन्दै सरकार प्रति आक्रमक नारा लगाउदै आन्दोलनकारीले प्रशासन घेराउ गरिरहेका छन् । आन्दोलनका कारण प्रशासन सुनसान बन्दा सेवाग्राही मर्कामा परेका छन् ।
यस्तै विमानस्थल निर्माण सरोकार समितिको आव्हानमा जिल्लाका सबै जसो सरकारी कार्यालयको काम तेस्रंो दिन पनि ठप्पै छ । सरकारले निर्णय गरेर विमानस्थल निर्माणको काम सुरु नभए सम्म आन्दोलन जारी रहने सरोकार समितिका अध्यक्ष कृष्णमोहन श्रेष्ठले जानकारी दिए ।
![]() |