प्रसुतिगृहमा संक्रमित महिलाको मृत्यु


दीपक दाहाल, काठमाडौं, असोज २- प्रसुति गृह अस्पतालमा शल्यक्रिया गराउने क्रममा संक्रमण भएकी एक महिलाको मंगलबार कान्तिपुर अस्पतालमा मृत्यु भएको छ। गत बिहीबार प्रसुतिगृहमा सिजेरियन गराउने क्रममा संक्रमण भएकी स्वीचाटारकी २६ वर्षे लता गुरुङको आज बिहान ८ बजे मृत्यु भएको हो। 


 थापाथलीस्थित प्रसुतिगृह अस्पतालको ३ वटै शल्यकक्ष संक्रमित भएपछि लता सहित ८ शल्यक्रिया भएका जना महिलालाई विभिन्न अस्पताल रेफर गरिएको थियो। उनी बाहेक अन्य ७ जनाको राजधानीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। 

मृतक गुरुङका आफन्तले राहत र प्रसुतिगृहका दोषीमाथि कारवाही माग गर्दै कान्तिपुर अस्पतालमा रहेको शव उठाउन मानेका छैनन्। प्रसुतिगृह प्रशासनले त्रुटि स्वीकारे पनि क्षतिपूर्ति लगायतका विषयमा केही स्पष्ट पारेको छैन। मृतक र अन्य विरामीका आफन्तले घेरेपछि अहिले प्रसुतीगृहको अवस्था तनावपूर्ण बनेको छ।